Loading... आजः ६ चैत्र २०७९, सोमबार ।। Monday 20th March 2023

बाँकेमा फलफुल र तरकारीभरी विषादी : अनुगमनका ठेकेदार कम्पनी र निकाय चुपचाप

नेपालगन्ज : तपाईंले भान्सामा प्रयोग गर्ने तरकारी वा दैनिक रुपमा खाने गरेको फलफूलमा विषादीको मात्रा कि छैन भनेर कसरी थाहा पाउने ? यसको जानकारी पाउनका लागि प्रयोगशालाकै जरुरत पर्छ, उपभोक्ताले हेरेर वा छामेर विषादी भएनभएको थाहा पाउन सकिँदैन ।

सर्वसाधारणले विषादी थाहा पाउन नसकिने भएकाले प्रयोगशालाबाट वैज्ञानिक परीक्षण भएर आएको तरकारी वा फलफूलमात्रै ढुक्कसँग खान सकिन्छ । यद्यपि अहिले नेपालगन्जमा परीक्षणै नभई बजारमा पुग्ने गरेको तरकारी र फलफूल प्रशस्तै पाइने गरेको छ ।

बाँकेको नेपालगन्ज र कोहलपुर लगायतका बजारमा बिक्रिका लागि राखिएका तरकारी तथा फलफुलमा बिषादीको मात्रा धेरै भएको जनगुनासो आइरहेको छ । तर, बाँकेका खाद्य अधिकारकर्मिदेखि सम्बन्धति निकायले यसको सामानय अनुगमन गर्न समेत चासो देखाएका छैनन ।

बेमौसमी बजा बजाउने अधिकारकर्मी समेत यतिबेला उक्त बाजा बजाउन छोडेका छन । यसले आमनागरिकमा प्रत्यक्ष असर परिरहेको देखिएको छ । भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गरेर मात्र भित्र्याउनु पर्नेमा सिधै बिक्रि केन्द्रमा लैजाने गरिएको छ ।

नेपालगञ्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय समेत यस बिषयमा उदासीन देखिएको छ । सरकारी काम कहलिे जाला घाम भने झै औसीपुर्णिमामा यसो बजारमा निस्कने र अनुगमनको निहुँमा भत्रा पचाउने अधिकारर्की र सरकारी कमृचारीले पछिल्लो समय त्यहि पनि गर्न छाडेको खुलेको छ ।

भन्सार कार्यालयले पठाउने गरेको नमुना परीक्षण निरन्तर भइरहेको र परीक्षणबिना तरकारी नभित्रिएको खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले दाबी गरेपनि बजारभरीका पसलमा बिषादी मिसावट र कालोबजारी मौलाएको छ ।

भारतबाट आयातित तरकारी तथा फलफूलको परीक्षण गरेर गुणस्तरको सुनिश्चितता गरेपश्चात् मात्र उपभोक्तामाझ पुग्नुपर्नेमा विषादी परीक्षणबिना नै बिक्री वितरण भइरहेकाले विषादी परीक्षण गर्नुपर्ने देखिएको नागरिक बताउँछन ।

विषादीको जथाभाबी प्रयोग गरी उत्पादन भएको तरकारी तथा फलफूल खान नेपाली उपभोक्ता बाध्य भइरहेका छन । यसको नियन्त्रण गर्न बाँके सिडिओ अफिस पनि उदासीन देखिएको जनगुनासो छ । खाद्य तथा उपभोक्ता अधिकारका कुरा गर्ने ठेकेदारहरु त यतिबेला चुपचाप छन ।


सम्बन्धित समाचार