Loading... आजः ६ चैत्र २०७९, सोमबार ।। Monday 20th March 2023

बाँकेका स्थानीय तह : तालिमका नाममा मनपरी बजेट खर्च, कमिशनको चक्करमा उपलब्धी शुन्य

नेपालगन्ज : बाँकेका कतिपय स्थानीय तहले विविध तालिमका नाममा लाखौं रकम खर्च गरिरहेका छन । दामासाही र आफु निकटका संस्थालाई मनपरी बाढिएको उक्त रकमले पालिका तहमा तालिम चलाइएको छ ।

तर, यस्ता तालिमको उपलब्धी भने शुन्य देखिएको छ । एउटै तालिममा दुई पक्षसँग सम्झोता गरेर खजुरा गाउँपालिकाले केही दिनअघि पत्रकारिता तालिम चलाएको खुलेको छ । एउटा संस्थासँग समझौता गरे केही भाषा सधारी अर्को संस्थालाई काम दिइ लाखौं रकम अनावश्यक खर्च गरिएको खुलेको छ ।

बाँकेको खजुरा मात्रै होइन नरैनापुर, रापतीसोनारी कोहलपुर लगायतका स्थानीय तहले दलिय निकटताका आधारमा रहेका झोले संस्थालाई यसरी तालिमका नाममा लाखौं रकम मनोमानी बाढिरहेको खुल्न आएको छ । आफु निकटका संस्थालाई फोन नै गरेर निवेदन हालन लगाउने अनि रकम विनियोजन गरेर कमिशन खाने प्रवृत्ति यतिबेला स्थानीय तहका जनप्रतिनिधी तथा कर्मचारीमा देखिएको छ ।

सन्चारका नाममा रहेको बजेट समेत दल गत पत्रकारका संस्थालाई मात्रै उपलबध गराउने र तालिम चलाएको भरमा लाखौं रुपैयाँ सहजै दिने गर्दा यहाँका स्थानीय तहमा लाखौं रकम दुरुपयोग भैरहेको छ । यसअघि पनि यहाँका सबै पालिकामा सन्चारको क्षेत्रमा मनोमानी गरिएको रकम बेरुजु देखिएको थियो ।


सम्बन्धित समाचार