Loading... आजः ६ चैत्र २०७९, सोमबार ।। Monday 20th March 2023

नेपालगन्जमा यातायात व्यवसायीका कारण होटल व्यवसाय धरासायी

नेपालगन्ज : भारतमैत्री बसहरूले सुर्खेत, दाङ पुगेर यात्रुहरूलाई सिधै भारत पुर्‍याउँने गरेको देखिएको छ । यसले गर्दा बाँकेको नेपालगन्जका साना तथा मझोला होटलको व्यवसाय धरासायी भैरहेको छ । बाँकेमा तीन हजारको हाराहारीमा साना तथा मझौला होटल रहेको होटल व्यवसायी संघको रेकर्डले देखाउँछ ।

तर, होटलमा विगतको तुलनामा ग्राहक पाउन मुस्किल रहेको संघका पदाधिकारी बताउँछन । पहिले जस्तो दाङ, प्यूठान, सुर्खेत हुँदै नेपालगन्ज भएर भारत जानेहरू अहिले नेपालगन्जमा बास बसन् छाडेका छन ।

भारतमैत्री बसले दाङ, सुर्खेत, रोल्पा र नारायणघाटबाट सिधै यात्रु लिएर लैजाने गरेकाले पनि साना होटल मारमा परेको होटल व्यवसाय िसंघका पदाधिकारी बताउँछन । ‘घरभाडा उठाउनेसम्मको व्यापार हुँदैन, बजारमा मान्छे नै छैनन् उनहिरु भन्छन ‘आम्दानी नबढ्ने र घरभाडा वार्षिक रूपमा बढ्दै जाँदा थप हैरानी थपिएको छ ।’

भारतीय गाडी सञ्चालकहरूले सम्पर्क कार्यालय नेपालमा खोलेका छन् र बस नाकामा राखेर त्यहाँबाट यात्रुलाई गन्तव्यसम्म पुर्‍याउँछन् । पर्यटन प्रवर्द्धनका लागि भारतमैत्री बस सञ्चालनले यहाँका साना होटलको अवस्था खस्किएको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष रंगबहादुर खड्का बताउँछन ।

पन्जाब, चण्डीगढ जान नेपालबाटै सिधै टिकट काटिन्छ, उनले भने, ‘अहिले त पहाडबाट कामका लागि भारत जाने यात्रु नेपालगन्जमा टेक्न पनि पाउँदैनन् । नियमन गर्ने निकायमा कुरा राख्दा सुनुवाइ नै हुँदैन ।’

नेपालगन्जका साना तथा मझौला होटल सञ्चालकहरू होटल नै बन्द गर्ने अवस्थामा पुगेको होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य भीमलाल कँडेल बताउँछन ।


सम्बन्धित समाचार