Loading... आजः ७ चैत्र २०७९, मंगलवार ।। Tuesday 21st March 2023

नेपालगन्ज उपमहानगरपालिका : ‘अल्छी मेयर, विवादीत उपमेयर’ अपेक्षा अनुसार काम नहुँदा दुःखी नागरिक

नेपालगन्ज : स्थानीय तहको निर्वाचन भएको ६ महिना वितिसकेको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा काँग्रेसका प्रशान्त विष्ट मेयर र जसपाका कमरुद्दिन राई उपमेयर निर्वाचित भएका थिए ।

तर, उपमहानगरपालिकामा जनप्रतिनिधी आएपछि उनीहरुले सडक बर्डार्ने, कहिले काँही हौसिएर सडक खुल्ला गराउने, मनलागदी विभिन्न योजनामा बजेट हालने भन्दा अरु कुनै काम गरेको देखिदैन । यतिबेला नेपालगन्ज उपमहानगरपालिकाको हालत वडापालिका भन्दा कम छैन । मेयर अल्छी सावित भैसकेका छन ।उपमेयर विवादीत बनेका छन ।

केही दिनअघि उपमेयरका वारे उजुरी र गिरफतारीका समाचार पनि सन्चार माध्यममा देखिएका थिए । तर, अहिले यो घटना वाहिर खासै आउनै नपाइ सेलाएको जस्तो छ । मेयरले ६ महिनामा देखिने कुनै काम गर्न नसकेको नागरिक गुनासो छ । ६ महिनाको जनप्रतिनिधीको काम हेर्दा नेपालगन्ज बासीले मेयरलाई अल्छी र उपमेयरलाई विवादीतको उपाधी दिएका छन ।

निर्वाचनपछि यहाँका नागरिकले युवा भएकै कारण विष्टबाट ठुलो अपेक्षा गरेका थिए । तर, जिम्मेवारी सम्हालेदेखि अहिलेसम्मको उपमहानगरको कामको रफ्तार र मेयरको कार्यशैली हेर्दा उनी असफल मात्रै होइन अल्छी मेयरका रुपमा सावित भैसकेका छन नेपालगन्ज उपमहानगरपालिकाको व्यस्त क्षेत्र त्रिभुवन चोकका नागरिक बताउँछन ।

बजारमा जताततै कालोबजारी छ । सडकभरी जाम र फुटपात कब्जामा छ । शहरलाई हरियाली बनाउन लगाइएका विरुवा मरिरहेका छन । लाखौ खर्चेको सार्वजनिक शौलायको अत्तोपत्तो छैन । स्वास्थ्य, शिक्षा, खेलकुद नागरिकको सामाजिक सुरक्षाका बिषयमा त जनप्रतिनिधीको ध्यान नै जान सकेको देखिदैन ।

उपमहानगरपालिका कार्यालय भित्रै जनप्रतिनिधीदेखि कर्मचारीबिच आन्तरिक द्धन्द्ध बढिरहेको चर्चा छ । जनप्रतिनिधीले चुनाका बेला गरेका प्रतिबद्धताले जनप्रतिनिधलिाई नै जिस्काइरहेका छन । यस्तो अबस्थामा मेयर उपमेयरलाई कसरी सफल भन्न सकिएका कारकादोका स्थानीय स्मृति डिसीले भनिन ‘उपमेयर भनदा पनि मेयरबाट जे अपेक्षा गरिएको थियो त्यो मैलेमात्रै होइन आमनगरबासीले पाउन सकेको देखिएन ।’


सम्बन्धित समाचार