Loading... आजः ७ चैत्र २०७९, मंगलवार ।। Tuesday 21st March 2023

सिकलसेल उपचारका निहुँमा चिकित्सकको लुटतन्त्र

नेपालगन्ज : बाँकेमा कायरत केही चिकित्सकले ‘सिकलसेल एनिमिया’ उपचारका नाममा लुटतन्त्र नै मच्चाएको नागरिकले गुनासो गरेका छन । यहाँका थारू लगायतका समुदायका धेरै नागरिक यो रोगको समस्याले बढी प्रभावित छन् ।

आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट बाँके सहित पश्चिमका धेरै जिल्लाका नागरिक प्रभावीत हुँदा उनीहरुको उपचार केन्द्रका रपमा बाँकेको नेपालगन्ज रहेको छ । एउटा मात्रै जिल्लामा उपचारका लागि व्यवस्था भएको भौकाल मच्चाइएपछि अहिले नागरिक पश्मि ककन्चनपुरदेखि नेपालगन्ज आउन बाध्य छन ।

यहि निहुँमा सिकलसेल उपचारका आफुलार्यअ ब्बल भन्दै ढोक्रो पिटने केही चिकित्सले लुट मच्चाइरहेको उनीहरुको गुनासो छ । यद्दपी थारु समुदायका नागरिक अगुवा समेत यस चिकित्सकले नागरिकलाई आर्थिक भार धेरै पारेको बताउँछन ।

सिकलसेल सरुवा रोग भने होइन । रोगबाहक आमाबुवाको जिनका कारण यो रोग सन्तानमा देखा पर्दछ । चिकित्सकहरूका अनुसार सिकलसेल बहुअङ्गमा समस्या गर्ने रोग हो । पीडितमा पटक–पटक समस्या बल्झिरहन्छ । रातो रक्त कोषिका प्रभावित गर्ने यो रोगले शरीरका धेरै अङ्ग जस्तै आमासय, पित्तथैली, फोक्सो, हड्डीलगायतका भागलाई असर पु¥याउँछ ।

यो रोगको समस्यालाई मध्यनजर गरी नेपालमा पहिलोपटक विस २०७१ मा सरकारले प्रत्येक रोगीको उपचार व्यवस्थापनमा एक लाख बराबरको निःशुल्क सेवा प्रदान गरेको छ । तर, उत्तः रकम को औषधी विरामीले नपाएको गुनासो पनि आइरहेको छ ।

वंशाणुगत सिकलसेल एनिमियाका कारण हुने जटिल समस्याबाट बच्नका लागि बिरामीले पर्याप्त पानी पिउनुपर्ने, धेरै कडा परिश्रम गर्न नहुने र फोलिक एसिड नामक औषधि सेवन गरिरहनुपर्ने चिकित्सकको सल्लाह छ ।

सिकलसेल एनिमियाको बाहक र पूर्ण बिरामी हुने गर्दछन् । पूर्ण बिरामीको उपचारका लागि नेपाल सरकारले निःशुल्क औषधोपचारको व्यवस्था गरेको छ । बाहकमा रोगको लक्षण देखिँदैन तर उनीहरूले आफ्नो सन्तानमा सिकलसेल सार्ने गरेको बताइएको छ ।


सम्बन्धित समाचार