लुम्बिनीका डिआईजीको बढुवासँगै जमुनाहका इन्स्पेक्टरको योजना धरापमा, असुली तार्गेट अधुरै, नाकामा दिनभरी कडाई रातमा तस्करी
नेपालगन्ज : लुम्बिनी प्रदेशका डिआईजी टेकप्रसाद राईको बढुवासँगै बाँकेको जमुनाह इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर दामु पुनको योजना धरापमा परेको देखिएको छ । डिआईजी राईको बढुवासँगै इन्स्पेक्टर पुनको काज सरुवा पनि हुने भएको छ । सईको दरबन्दी रहेको जमुनाहमा असुलीको योजनालाई तीब्र पार्ने लक्ष्य अनुसार इन्स्पेक्टर पुनलाई डिआईजी कार्यालयले जमुनाहमा पठाएको पुलिस स्रोत नै बताउँछ ।
जमुनाको तस्करी रोक्ने बहनामा असुली बढाउने ान्तरिक रणनीतिमा रहेको बाँके पुलिसको योजना असफल बनाउदै सईलाई हटाएर इन्स्पेक्टर पठाइएको भएपनि इन्स्पेक्टरको योजना जिल्ला पुलिसको भन्दा कम नभएको बाँके पुलिसका अधिकारी नै बताउँछन ।
मासिक लाखौं असुली गरेर १० महिनाको अवधीमा करोडको अबैद्य रकम कमाउने धन्दामा रहेको पुलिसको नेतृत्व र लाखौ कमाएर अन्यत्र जाने योजनामा रहेका इन्स्पेक्टर पुनको सपना डिआईजी राईको एआईजी बढुवासँगै तुइएको प्रहरी बृतमा यतिबेला चर्चा छ ।
बाँके पुलिसले सईलाई पठाएको ठाउँमा हस्तक्षेप झै गरी इन्स्पेक्टर प्रदेशले पठाएपछि पछिल्लो समय बाँके एसपी र डिआईजीबिच पनि केही खटपट भएको खुलेको छ । जिल्लाले इन्चार्ज पठाउने उक्त ठाउँमा केही समयअघिदेखि प्रदेशले पठाउदै आएको छ ।
एसपी श्यामकृष्ण अधिकारी बाँकेमा रहँदा करोडबढी असुली गरिएको जमुनाह नाका बाँके आउने पुलिसका हाकिम र प्रदेशका डिआईजीको पहिलो निशाना हुने गरेको छ । बाहिर रुपमा कडा सुरक्षा, तस्करी रोकथाम लगायतका झासा दिएपनि आनत्रिक पुलिसको रुप असुली नै रहने बाँके पुलिको उच्च स्रोत बताउँछ ।
इन्स्पेक्टर पुन जमुनाह देखावटी तस्करी रोकथाम भनिएपनि रातमा चरम तस्करी भैरहेको जमुनाह आसपासका नागरिक बताउँछन । रातमा चरम तस्करी हुने गरेपनि बाँके पुलिसका प्रमुख एसपी समेत यस बिषयमा उदासीन देखिएका छन ।