Loading... आजः ७ चैत्र २०७९, मंगलवार ।। Tuesday 21st March 2023

को बन्ला उपराष्ट्रपति ?

नेपालगन्ज : उपराष्ट्रपतिको निर्वाचन आगामी चेत ३ गतेका लागि तोकिएको छ ।उपराष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कुल आठ सय ८२ कायम छ ।

सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।उपराष्ट्रपतिको उम्मेदवार राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुनुपर्ने व्यवस्था छ । उम्मेदवारी दर्ताका लागि पाँचरपाँच जना प्रस्तावक र समर्थक जुटाउनु पर्नेछ । उपराष्ट्रपतिका लागि शनिबार मनोनयन दर्ता हुँदैछ ।

उम्मेदवारी दर्तापछि प्रकाशित गरिने कार्यसूची छ । उम्मेदवारको विरोधमा उजुरी दिने समय पनि छ । उजुरी उपर जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशित आइतबार हुनेछ।

 

 


सम्बन्धित समाचार