पुलिसकै संरक्षणमा क्यासिनो : गुन्डागर्दीदेखि असुलीसम्म
नेपालगन्ज : बाँकेको नेपालगन्जमा सन्चालित क्यासिनोमा पुलिसकै सेटिङ्ग र संरक्षण बढेपछि यतिबेला गुन्डागर्दीको केन्द्र बन्दै गएका छन । बाँकेमा पछिल्लो समय प्रहरी संरक्षणमा गुण्डागर्दीले प्रसय पाएको देखिएको छ ।
पुलिसको मोटो रकम असुलीको थलो बनिरहेका यहाँका क्यासिनोकै कारण पटक पटक आपराधिक घटना भैरहेको देखिएको छ ।यसअघि पनि नेपालगन्जमा रहेको एक क्यासिनोमा ठुलै गुन्डागर्दी भएको थियो । जसको प्रतिकार स्वरुप नेपालगन्जमा खुकुरी प्रहार समेत भएको खुल्न आएको छ ।
तत्कालिन एसपी श्याममकृष्ण अधिकारीको संरक्षणमा रहेका यहाँका क्यासिनो अधिकारीको सरुवा पछि पनि पुलिसकै शक्ति आडमा दादागिरी गर्दे आएको देखिएको छ ।केही समय यता दिनहुँ जसो ग्याङ्ग फाईट हुने र प्रहरीले एक पक्षलाई संरक्षण गर्ने अर्को पक्षलाई लखेट्ने गरेकोले गुण्डागर्दी बढ्दो क्रममा रहेको हो ।
तर, आपराधिक घटना रोकथाममा पुलिसको प्रभावकारी योजना भने केही देखिदैन । घटनाको चुरोलाई भने प्रहरीले वास्तै नै नगरी पटक–पटक अर्कैतिर मोडेको वा मोड्ने गरेकोले दुई समुहबीच पटक–पटक घटना हुदै आएको नागरिक बताउँछन ।
प्रहरीले भने हरेक घटनालाई त्यत्तिकै नजर अन्दाज गरेको आपराधिक घटनाले उग्र रुप लिने गरेका छन ।बाँके प्रहरी प्रबक्ता एवम् प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ती मगर घटनामा संलग्न लाई पक्राउ गरिएको बताउँछन । क्यासिनोमा भएको कुटपिट बारे बाँके प्रहरीले अनविज्ञता जनाएको छ ।
तस्वीर : फाइल फोटो