उपमहानगरपालिकामा आर्थिक चलखेल : मेयर लगायतका जनप्रतिनिधी अनभिज्ञ कमचारीको हालिमुहाली
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा आर्थिक चलखेल देखिएको छ । उपमहानगरपालिकाको सामाजिक विकास शाखाले मेयर प्रशानत विष्ट र जनप्रतिनिधीलाई थाहै नदिइ ८० लाख बराबरको रकममा चलखेल गरेको देखिएको हो ।
नेपालगन्ज उपमहनागरपालिकाको बोर्ड बैठकले पारित नगरेको रकम सामाजिक शाखाका केही कर्माचारी र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा नेपालगन्जका केही वडापालिकामा मनोमानी पठाईएको खुलेको छ । जसको जानकारी मेयरलाई पनि छैन । कर्मचारीको यस्तो कामले उपमहानगरपालिकाका बहुमत वडापालिका जनप्रतिनिधी आक्रोशित देखिएका छन ।
पछिल्लो समय निर्वाचित भएर जनप्रतिनिधी आएसँगै अस्तव्यस्त र असफल देखिएको उपमहानगरपालिकामा यस्ता अनियमितता र आर्थिक चलखेलका थुप्रै घटना भैरहेको कर्मचारी नै बताँछन । वडामा रकम दिदा होस वा कर्मचारी फेरबदमा होस उपमहानगरपालिकामा दादगिर प्रबृति देखिएको छ ।
आयुर्वेदका कर्मचारी अन्यत्र लैजाने र आफना नजिकका व्यक्तिलाई कमाउ शाखामा हाल्न जनप्रतिनिधीको प्रचलनसँगै यतिबेला रकम भागबण्डामा कर्मचारीतन्त्र हाबी देखिएको छ ।मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्धिन राई लगायतका जनप्रतिनिधी यतिबेला निरिह देखिएका छन ।
यसरी ८० लाख मनोमानी भागबण्डा भएको जानकारीपछि मेयर विष्टले यसको सोधिखोजी थालेपनि दोषीमाथि कानूनी कारवाही गर्ने आट भने गर्न नसकेको जनप्रतिनिधी बताउँछन । अहिले नेपालगन्ज उपमहानगरपालिका हरेक हिसाबले अस्तव्यस्त देखिएको छ ।