बेवारिसेको उद्दारमा सक्रिय बुहारी संयक्त आवाज
नेपालगन्ज : बाँके संगठित मेचीमहाकाली बुहारी सँयुक्त आवाजले पछिल्लो समय सामाजिक गतिविधी तीब्र अगाडी बढाएको छ । महिला तथा वालवालिका हिंसामा नपरून भन्ने ध्येका साथ बनाइएको उक्त संस्थाले यतिबेला कोहलपुर १० मा बेवारिसे अवस्थामा रहेकी एक महिलाको उद्दार गरेको मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशका सहसंयोजक रेणुका विष्ट बताउँछिन ।
उनकाअनुसार एक वृद्ध आमालाई उद्दार गरि मानवसेवा आश्रममा पठाईएको छ। मेचीमहाकाली बुहारी सँयुक्त आवाज बाँके जिल्ला सचिव प्रमिला शाही, कोहलपुर ईलाका प्रहरी प्रमुख ऐनबहादुर मल्ल र वडा नम्बर ११ की अध्यक्ष कल्पना अधिकारीले ती बृद्ध आमाको उद्दार गरेको सहसंयोजक विष्टले जानकारी दिइन ।