Loading... आजः ७ चैत्र २०७९, मंगलवार ।। Tuesday 21st March 2023

बाँके एमालेको बैठक : तीन पटकसम्म बैठकमा नआउने देखि जिम्मेवारी पुरा नगर्ने जिल्ला कमिटी सदस्यलाई हटाउनेसम्मको बोल्ड निर्णयको तयारी

नेपालगन्ज : नेकपा एमाले बाँकेको जिल्ला कमिटी बैठक बिहीवार बस्दै छ । बैठकले बोल्ड निर्णय गर्ने देखिएको छ । यसले पाटीभित्र खैलाबेला मच्चिएको देखिएको छ ।

एमाले निकट एक स्रोतका अनुसार अधिवेशनपछि जिल्ला कमिटीको बैठकमा तीन पटक पनि उपस्थित नहुनेदेखि निर्वाचनका ताका तोकिएको जिम्मेवारी समेत पुरा गर्न नसक्ने जिल्ला कमिटी सदस्यमाथि सुचिगत हेरफेर गर्नेसम्मको तयारी भएको छ ।

बैठकमा सबै जिल्ला कमिटी सदस्य, केन्द्रीय सदस्य लाई अनिवार्य उपस्थितीका लागि यसअघि नै सुचना गरिएको एमाले बाँकेको जिल्ला स्थित सचिवालयले बताएको छ ।


सम्बन्धित समाचार