Loading... आजः ७ चैत्र २०७९, मंगलवार ।। Tuesday 21st March 2023

मानव बम बन्दै दादुरा : नेपालगन्जमा तीन वडामा २५ बढी होम आइसोलेशनमा

जनस्वास्थ्यको उदासिनता, नागरिकको लापरवाही, खोप नलगाउँने समस्याले सास्ती, सरकारी लगानी वालुवामा पानी

नेपालगन्ज : सरकारले बाँके सहितका जिल्लालाई दादुरा मुक्त जिल्लाकाका रुपमा घोषणा गरिसकेको छ । तर, यतिबेला बाँकेको नेपालगन्ज आसपासका स्थानीय तहमा दादुराका विराम िदैनिक भेटिदै गउका छन । नेपालगन्ज उपमहानगरपालिमा २५ बढी नागरिकमा दादुरा देखिएको छ । यसपनि नेपालगन्ज दादुराको मानव बमका रुपमा देखिएको छ ।

यहाँ महामारी फैलिन थालेको छ । तर, यसको रोकथाममा सरकारी उदासिनता कायमै छ । नागरिक तहबाट पनि चरम लापरावही देखिएको छ । केही समुदायमा दादुराको खोप नलगाउने प्रचलनले झनै समसया सृजना गरेको नेपालगन्ज उपमहानगरपालिका अनर्तगत स्वास्थ्य महाशाखका प्रमुख रामबहादुर चन्द बताउँछन ।

यसको रोकथामका लागि उपमहानगरपालिकाले घरदैलो गरिरहेको र दादुरा खोप लगाउन सचेतना जगाउँदै गएपनि नागरिकले दादुरा विरूद्धको खोप लगाउँन नमान्दा यस्तो अबस्था आएको उनी बताउँछन ।

यद्दपी सरकारी निकाय जनस्वास्थ्यले भने खासै चासो देखाएको छैन । जनस्वास्थ्य कार्यालय अधिकृत नरेश श्रेष्ठले दादुराको अबस्था उपमहानगरमा भयावह बन्दै गएको स्वीकारेका छन । यसका लागि जनस्वास्थ्यले एक्शन लिएको तर, प्रभावकारी हुन नसकेको उनी पनि बताउँछन ।

नेपालगन्जम ादादुराके कारण एक दिनअघि उक जना वालको निधन समेत भएको छ । उपमहानगरपालिकाको ५, ६ र ८ नम्बर वडा एकदमै जोखिममा देखिएका छन । यहाँ एके घरमा चार जना नागरिक संक्रमित देखिएका छन । तर, यी वडाका जनप्रतिनिध िसमेत यसको रोकथाममा उदासिन देखिएको जनगुनासो छ ।

समयमै यसको सहि निदान गर्न पहल नगरी सातादिनमा नेपालगन्जमा दादुराका विरामीले यहाँ अस्पतालमा समेत खुट्टा राख्न नसक्ने अबस्था आउने निश्चित छ । दादुराबाट वालवालिका प्रभावति भएका छन । अहिले दादुराको जोखममा रहेका नागरिक अस्पतालमा नभई घरमै आइशोलनमा बसिरहेको देखिएको छ ।

मिजल्स भाइरसका कारण हुने दादुरा छिट्टै सर्ने संक्रामक रोग हो । चाडै महामारीको रुप लिनसक्ने यी रोगहरु विशेषगरी ५ वर्षमुनिका बालबालिकालाई धेरै हुने चिकित्सक बताउँछन ।

दादुरा रोग संक्रमित व्यक्तिको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यूँ गर्दा, र खोक्दा विषाणु हावामा फैलिएर सक्ने भेरी अस्पतालका छाला रोग बिशेषज्ञ समेत रहेका मेसु डाक्टर बद्री चापागाई बताउँछन ।

बालबालिका समूहमा जम्मा हुने या भिड हुने स्थानमा सजिलैसँग एकअर्कामा सर्नसक्ने उनी बताउँछन । उनकानअुसार दादुरा रोगको पहिलो लक्षण उच्च ज्वरो आउनु हो ।

संक्रमित व्यक्तिको सम्पर्क भएको १०–१२ दिनपछि ज्वरो आउँछ । यो समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आखाँ रातो हुने वा आँशु बग्ने र रोगीको गालाको भित्रीभागमा मसिना सेतो दाग देखापर्ने गर्छ ।


सम्बन्धित समाचार