नेपालगन्जमा बढ्दैछन् रूघाखोकीका बिरामी, अत्याधिकमा निमोनियाको जोखिम
नेपालगन्ज : बाँकेमा चिसो अत्याधिक बढेसँगै रूघाखोकीका विरामीको चाप पनि बढेको देखिएको छ । मौसमी फ्लु खोक्दा वा हाच्छ्यूँ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्न सक्नेभ एको कारण यतिबेला समुदायमा फ्लु व्यापक रुपमा फैलिएको देखिएको छ ।
मौसमी इन्फ्लुएन्जा एक किसिमको भाइरसको संक्रमण हो । इन्फ्लुएन्जालाई बोलिचालीको भाषामा ‘फ्लु’ भनेर चिनिन्छ । हुनत यो समयमा मौसमी फ्लु देखिनु सामान्य हो । चिकित्सकका अनुसार जाडोकोसमयमा फ्लुको संक्रमण बढी देखिने गरेको छ ।
पुस–माघ र असार–साउन गरी वर्षमा दुई पटक मौसमी फ्लुको समस्या बढी देखिन्छ । यो समयमा भाइरसको संक्रमण तीव्र गतिमा फैलिने हुँदा मानिसमा सर्ने दर पनि बढी हुने चिकित्सक बताउँछन ।
यसको सबैभन्दा बढी असर दीर्घरोगी र ज्येष्ठ नागरिकमा हुने भेरी अस्पतालका डाक्टर पारस श्रेष्ठ बताउँछन । उनकाअनुसार हिजोआज युवा र बालबालिकामा रुघाखोकी लामो समयसम्म रहने र छाती निरन्तर घ्यारघ्यार हुने नयाँ समस्याका रुपमा देखिएको छ ।
जाडो मौसममा प्रदुषणको मात्रा बढ्छ र हावा सुख्खा हुन्छ । यस्तो जुन श्वासप्रश्वासका लागि घातक मानिन्छ डाक्टर संकेत रिजाल बताउँछन । दुई हप्तायता रुघाखोकीका बिरामी अत्यधिक बढेको भेरी अस्पतालका चिकित्सकले बताएका छन ।
अहिले ओपीडीमा आउने दुई तिहाइ बिरामीमा रुघाखोकी र घ्यारघ्यार हुने समस्या देखिएको छ । पहिला एलर्जी हुने तथा श्वासप्रश्वास सम्बन्धी दीर्घ समस्या भएकालाई बढी असर गर्ने गरेको भेरीकै डाक्टर प्रकाश थापा बताउँछन ।
उनकानअुसार अहिले स्वस्थ र पहिला एलर्जी नभएको युवा र बालबालिकामा रुघाखोकी र छातीका समस्या देखिने गरेको छ ।
चिसो मौसममा धेरै भाइरस फैलिने तर धेरै बिरामीले सामान्य रुपमा लिँदा जटिलता देखिएको अस्पतालका नर्सिङ्ग प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ बताउँछिन ।
इन्फ्लुएन्जा ए समूहमा पर्ने स्पेनिस फ्लु पहिलो पटक सन् १९१८ मा देखा परेको थियो । यही भाइरसले स्वरुप परिवर्तन गरेर सन् २००९ मा स्वाइन फ्लुको रूप लिएको अस्पतालका मेसु बद्री चापागाई बताउँछन ।
उनकाअनुसार पछिल्लो समय मौसमी रुघाखोकीको इन्फ्लुएन्जा ‘ए (एच १एन १) पीडीएम ०९’ देखिएको छ । यसलाई बोलीचालीको भाषामा स्वाइन फ्लु र इन्फ्लुएन्जा ‘ए– एच ३’ देखिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार मौसमी रुघाखोकीको भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारको हुने भए पनि मुख्य रूपमा महामारी भने इन्फ्लुएन्जा ‘ए’ र ‘बी’ भाइरसको कारणले फैलिने गरेको चापागाई बताउँछन ।