Loading... आजः ७ चैत्र २०७९, मंगलवार ।। Tuesday 21st March 2023

पुस २ गते दैलेखी समाजको गाभरमा पिकनिक

नेपालगन्ज : कर्णाली प्रदेशको सुन्दर जिल्ला दैलेखबाट बाँकेमा आएर बसोबास गर्ने दैलेखीहरुको हकहित र अधिकारका लागि मानविय कार्यमा समर्पित दैलेखी समाज बाँकेले पुस २ गते कोहलपुरको गाभरमा पिकनिकको आयोजना गरेको छ ।

आम दैलेखीहरु बिच भाइचाराको सम्बन्ध कायम गरी यस संस्थालाई संस्थागत रुपमा अघि बढाउन र विविध बिषयमा छलफल गर्दै आगामी अधिवेशन तयारीका बिषयमा रण्नीति बनाउन पिकनिकको आयोजना गरिएको समाजका अध्यक्ष इश्वर श्रेष्ठ बताउँछन ।

विगत लामो समयदेखि नागरिक अधिकारसँगै दैलेखीको हकहितमा काम गर्दै आएको यस सामाजिक संस्थाले आगामी दिनमा पनि नीति, योजना र निमार्ण गरी विविध कार्यक्रम अघि बढाउने लक्ष्य लिएको छ । पुस २ गते हुने उक्त पिकनिकमा सम्पूर्ण दैलेखी मनहरुलाई सहभागिताका लागि आग्रह गरिएको छ । जसका लागि बाँकेको नेपालगन्ज र कोहलपुरबाट बसको व्यवस्था गरिएको समाजका सचिव डिबी थापा बताउँछन ।

यसअघि पनि समाजले हरितालिका तीजमा दिदिबहीनीलाई दर खुवाउने कार्यक्रमसँगै हरेक बर्ष पिकनिक लैजाने लगायतका कार्यक्रम गर्दै आएको छ । पुस २ गते गरिने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसेको नागरिक अगुवा तथा समाजका सल्लाहकार मीनबहादुर मल्ल बताउँछन । उनकाअनुसार समाजको उत्तः कार्यक्रममा बाँकेमा बसोबास गर्ने सम्पूर्ण दैलेखीमनहरुलाई अनिवार्य सहभािगताक ालागि अनुरोध गरिएको छ ।

कार्यक्रमलाई भव्य तथा सभ्य रुपमा सफल बनाउन आम दैलेखीमा सुचना तथा प्रचार प्रसारलाई तीब्र पारिएको समाजका अगुवा तथा सन्चारकर्मी कमल न्यौपाने बताउँछन ।

 


सम्बन्धित समाचार