Loading... आजः ६ चैत्र २०७९, सोमबार ।। Monday 20th March 2023

नेपालगन्जमा गुन्जिँदै नेपथ्य’

नेपालगन्ज ः बाँकेको नेपालगन्जमा नेपथ्यको लाइभ कन्सर्ट हुँदै छ। मानव सेवा आश्रमको भवन निर्माण सहयोगार्थ देशका विभिन्न सहरमा नेपथ्यको मानवताका लागि संगीतिक यात्रा भइरहेको छ। सोही यात्राअन्तर्गत नेपालगन्जमा पनि मुख्य गायक अमृत गुरुङसहितको टोलीले उधुम मच्चाउदै छ ।

बेलुकी ४ बजे सुरु हुने कन्सर्टको टिकट लगभग बिक्री भइसकेको कन्सर्टका संयोजक ओमकार कँडेल बताउँछन । यसअघि मंसिर १६ गते विराटनगर, १९ गते वीरगन्ज र २२ गते हेटौँडा र चितवनमा भइसकेको छ।

मंसिर २९ गते नेपालगन्जको रंगशालामा हुदैछ । पुस ३ गते धनगढी रंगशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानविज्ञान मावि सेक्टर २ (रामनगर) मैदान र १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिनेछ।

अन्तिम कार्यक्रम अंग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यु इयर इभ’को दिन पुस १६ गते काठमाडौंको भृकुटीमण्डपमा हुने भएकोछ।


सम्बन्धित समाचार