Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

बाँके १ : अथकको व्यवहारप्रति माओवादी नगर कमिटी नै असन्तुष्ट, एमाले बलियो शक्ति

नेपालगन्ज : बाँकेको निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी माहोल बढेको देखिएको छ । एमालेका तर्फबाट सुर्य ढकाल चर्चामा छन । एमालेकै बलराम भट्टराई पनि उत्तिकै दावेदारी गरिरहेका छन । गठबन्धनका तर्फबाट महेश्वर गहतराज र कृष्णा केसीको दावेदारी देखिएको छ ।

गहतराजका हकमा उनी दुईपटक टिकट लिएका र मन्त्री समेत भैसकेका व्यक्ति भएकाले यतिबेला केसीको भागमा संघीय टिकट पर्ने धेरैको आँकलन छ ।

गहतराजको साँसद र मन्त्री भैरहेका बेलाको कामको अबस्था र आफनै मतदातामाथि गउनले गर्ने गरेको व्यवहारका कारण कोहलपुर क्षेत्रमा माओवादी नै उनी प्रति रुष्ट देखिएका छन । माओवादी कोहलपुर नगर कमिटीको जम्बो टोली नै खेलकुद मन्त्री समेत रहेका संघीय साँसद गहतराजप्रति असन्तुष्टि पोखिरहेको देखिएको छ ।

माओवादी कोहलपुरका एक जिम्मेवार नेताका अनुसार यदि यो पटक पनि गहतराजले नै टिकट पाए भने कोहलपुरको जम्बो नगर कमिटीको टोलीले राजनीनामा दिने र उनका विपक्षमा मतदान गर्ने सम्मको चर्चा चलिरहेको छ ।

कोरोनाका बेला विरामीलाई सहजका लागि भनेर अस्पतालहरुमा दिने भनि ल्याइएका गन समेत नेपालगन्जका एक मेडिकलसँग मिलेर बिक्रिमा लागेको आरोप लागेका गहतराजको पछिल्लो समय नागरिक र आफनै पाटीका कार्यकर्तामा छवी धमिलिएको देखिएको छ । यसको प्रभाव यदि उनले संघको टिकट यसपटक पाउ भने त्यहाँ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा देखिने भएको छ ।

यतिबेला गठबन्धनका तर्फबाट अहिलेका प्रदेश सासँद कृष्णा केसीले संघको टिकट पाए मात्रै एमाले र गठबन्धनको संघमा प्रतिस्पर्धा हुने देखिएको छ । नत्र क्षेत्र नम्बर १ मा संघको चुनाउमा एमाले बलियो शक्ति देखिएको छ ।


सम्बन्धित समाचार