Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

बाँके २ को चुनावी माहोल : को हुन् इस्तियाक ?

नेपालगन्जमा होला त राप्रपा एमाले तालमेल ? बन्दै शिवसेना धमकेदार शक्ति चुनावी परिणाम हत्याउने दाउमा दीवाकर

नेपालगन्ज : बाँकेको निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी माहोल बढेको देखिएको छ । जसपाका इस्तियाक राई र राप्रपाका पशुपति सम्शेर राणाबिच कडा प्रतिस्पर्धा देखिएको छ । जसपामा काँग्रेससहितको गठबन्धनमा छ । राप्रपा अहिलेसम्म एकल चुनावी मैदानमा देखिएको छ । तर, राप्रपा र एमाले बिच तालमेलको चर्चापनि चलिरहेको छ ।

नेपालगन्जमा होला त राप्रपा एमाले तालमेल ? यतिबेला चासो बनेको छ । यता शिवसेना नेपाल धमकेदार शक्तिका रुपमा उदाएको छ । शिवसेनाका उम्मेदवार दीवाकर खनाल यस पटकको चुनावी परिणाम आफनो पोल्टामा पर्नेमा ढुक्क देखिएका छन । उनले चुनावी अभियान तीब्र रुपमा अघि बढाएका छन ।

इस्तियाक राई २०५१ सालदेखि राजनीतिक दलमा आबद्ध भएका हुन् । २०५४ सालमा तत्कालीन राप्रपा साइगाउँ गाविस एकाइ कमिटी अध्यक्ष बनेर काम गरेका थिए । त्यसपछि निर्वाचन क्षेत्र नं. ३ को सचिव भएर काम गरेका थिए ।

२०६३ सालमा मधेशी जनअधिकार फोरम नेपालको जिल्ला सचिवालय कोषाध्यक्ष भएर काम गरेका राई २०६४ मा केन्द्रीय सदस्य र केन्द्रीय संगठन विभाग सदस्य, २०६६ मा मुस्लिम विभाग अध्यक्ष, राजनीतिक समिति सदस्य भएर काम गरेका थिए ।

२०७४ मा संघीय समाजवादी फोरम नेपालको सचिव भएका थिए । यसबीच उनी २०६४ सालमा संविधानसभा सदस्य र २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन । उनी २०६८ मा श्रम तथा यातायातमन्त्री, २०७५ मा सहरी विकासमन्त्री र अहिले उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री छन् ।

विकासप्रेमी नोतका रुपमा छवी बनाइरहेका राई यतिबेला नेपालगन्ज आउने वित्तिकै नागरिकका घरदैलोमा पुग्ने गरेका छन । नागरिकका गुनासा सुन्ने र त्यहि अनुसार विकासका योजना बनाउने नेपालगन्जलाई समृद्ध बनाउने अभियानमा उनी जुटेको देखिएको छ ।

मंसिर ४ मा हुने प्रदेश र संघको चुनावी बहसले राजनीतिक गर्मी ह्वात्तै बढेको छ । हरेक गौडा, कोण, समूहमा चुनावी बहस चलिरहेको छ । खासगरी कर्णाली र सुदूरपश्चिमको केन्द्रका रूपमा नेपालगन्जलाई हेरिदै आएको छ । यसले पनि अहिलेको चुनावमा नेपालगन्ज चासोको क्षेत्र बनेको हो ।

नेपालगन्जमा तत्कालीन कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको गृहजिल्ला भएकाले पनि देशको ध्यान त्यतातिर मोडिनु स्वाभाविकै हो । यहाँ पछिल्लो समय कोइराला पछि राई खुबै चर्चामा छन । जसपा मधेश केन्द्रित दल र राई मुस्लिम समुदायकै भएकाले पनि त्यहाँका नागरिकको उनले ‘सेन्टिमेन्ट’ प्राप्त गर्न सक्ने देखिएको छ ।

 


सम्बन्धित समाचार