Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

सुरक्षित कोहलपुरको एक्शनमा डिएसपी मल्ल

नेपालगन्ज : बाँकेको नेपालगन्जमा शान्ति सुरक्षाको अबस्था अस्तव्यस्त भएको बेला कोहलपुर क्षेत्रमा भने नागरिकले गतिलै शान्तिको महसुश गरिरहेको देखिएको छ ।

जिल्ला पुलिसका अधिकारी कमाउधन्दामा सक्रिय भैरहँदा कोहलपुरका डिएसपी ऐनबहादुर मल्ल आपराधिक गतिविधी नियन्त्रणदेखि लागुऔषध रोकथाम र अन्य अबैध क्रियाकलापका विरुद्ध एक्शनमा उत्रिदै आएको देखिएको छ ।

यसअघि लागुऔषधदेखि आपराधिक गतिविधी यौनजन्य क्रियाकलापको अखडा मानिदै आएको कोहलपुरमा यतिबेला यी सबै गतिविधीको चलखेलमा कमी आएको देखिएको छ ।

डिएसपी मल्ल कोहलपुरको इन्चार्ज भएर आएदेखि अबैद्य क्रियाकलापका विरुद्ध योजानबद्ध रुपमा यसको रोकथाम र नियन्त्रणका लागि लागि परेको देखिएको कोहलपुरका जानकार बताउँछन । डिएसपी मल्ल कोहलपुरमा आउप्छि विगत देखि नै खुलेआम चलिरहेको यौनधन्दा यतिबेला रोकथाम भएको छ ।

यसका साथै आपराधिक गतिविधीमा पनि कमी आएको छ । लागुऔषध कारोवारी र सेवनकर्तापनि यतिबेला गुपचुप भएका छन । आम नागरिकले पुलिस सेवा सहज रुपमा पाएको महशुस गरिरेहका छन ।

यतिबेला लागुऔषधको धेरै परिणाम उनले बरामद गरेका छन ।हरेक दिन नागरिक सुरक्षाका सवालमा लागि परेका डिएसपी मल्लले कोहलपुर क्षेत्रको समग्र सुरक्षा व्यवस्थापनका लागि योजनाबद्ध अभियान थालेको नागरिक बताउँछन ।

कोहलपुरमा यसरी योजनाबद्ध पुलिस लागि परेपनि नेपालगन्जमा रहेका अधिकारीहरु सेटिगमा आर्थिक लाभ उठाउँदै आएको चौतर्फी चर्चा चलिरहेको छ । अहिले हुँदा हुँदा बाँके जिल्ला प्रहरीका अधिकारीले नेपालगन्जमा त हरेक विट र अस्थायी चेकपोष्टबाट समेत रकम असुली गर्न थालेको पुलिसकै गुनासो छ ।


सम्बन्धित समाचार