Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

असोज ३ संविधान दिवस : एमाले बाँकेले खटायो रिपोटिगंमा चौतारी आबद्ध पत्रकार, को,कहाँ तोकिए ?

नेपालगन्ज : एमाले बाँकेले संविधान दिवसमा रिर्पोटिगंका लागि पत्रकारलाई क्षेत्रगत जिम्मेवारी तोकेको छ । असोज तीन गते मनाउँन लागिएको उक्त दिवसमा बाँकेमा यसरी पत्रकारलाई जिम्मेवारी तोकिएको हो ।

बाँके एमालेले जिल्लाभरका विभिन्न ठाउँमा हुने कार्यक्रमको रिर्पोटिगंका लागि प्रेस चौतारी आबद्ध पत्रकारलाई जिम्मेवारी तोकेको एमालेका बाँके इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य सुर्य ढकाल बताउँछन ।

जसमा एमाले बाँकेले सबै क्षेत्रका लागि जिल्ला तहका नेतालाई पनि खटाएको छ । इन्चार्ज ढकालका अनुसार
बैजनाथ गाउँपालिकामा पाटी सचिव रत्न खत्रीसँग पत्रकार रवि रोकायलाई तोकिएको छ । रायुवा संघ नेपाल, नरैनापुरका लागि इन्चार्ज सूर्य ढकालसँग पत्रकार विनोद भट्टराई, अनेमसंघ, जानकीमा नेता भूमिसरा धितालसँग पत्रकार शुष्मा श्रेष्ठ,अखिल किसान महासंघ, खजुरामा नेता आरती पौडेलसँग पत्रकार रामु ओलीलाई तोकिएको छ ।

यसैगरी जनसांस्कृतिक महासंघ, नेपालगन्जमा नेता अशोक कर्माचार्यसँग पत्रकार दीपेश आचार्य, मुस्लिम इत्तेहाद संगठन, डुडुवा नेता हारुन हल्वाईसँग पत्रकार यदुराज मिश्रा, मुक्ति समाज, राप्तीसोनारीमा नेता नन्द विश्वकर्मासँग पत्रकार आशा परियार, बुद्धिजीवी परिषद् राप्तीसोनारीमा नेता डिल्ली बिसीसँग पत्रकार भगतराम थारु, पेशागत महासंघ, कोहलपुरमा नेता प्रेम भुषालसँग पत्रकार हुमहरि भट्टराईलाई तोकिएको छ ।

भूपू प्रहरी तथा सैनिक महासंघ, बैजनाथ, न्यू सिटीमा एमालेबाँके अध्यक्ष किस्मतकुमार कक्षपतिसँग पत्रकार पवित्रा परियार, मानव अधिकार एलायन्स, नेपालगन्जमा नेता दीपक बर्मासँग पत्रकार मनोज कौशल, लोकतान्त्रिक राष्ट्रिय अपांग, मनिकापुरमा नेता –शान्ति ढकालसँग पत्रकार जयपति ढकाललाई तोकिएको छ ।

नेपाल खेलकुद महासंघ, खजुरामा नेता भीम ओलीसँग पत्रकार शम्भुप्रसाद थारु, नेपाल भूमिहीन सुकुम्बासी, उढरापुरमा नेता केशव गिरीसँग पत्रकार खगेन्द्र दाहाल, जिफन्ट, राधापुरमा नेता निरक गुरुङसँग पत्रकार रुपनी जिएम, प्रगतिशिल तथा पेशागत, कोहलपुरमा नेता दुर्गा थारुसँग पत्रकार धना केसी छन ।

कानून व्यवसायी संगठन, नेपालगन्जमा नेता बलिभद्र पुनसँग पत्रकार विश्वराज पछल्डंगया, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, चिसापानीमा नेता अछरी पोख्रेलसँग पत्रकार लक्ष्मी तिमिल्सैना श््रगतिशील इन्जिनियर्स एशोसिएशन, कोहलपुरमा नेता शोभाखर अधिकारीसँग पत्रकार सरला सुवेदी छन ।

नेपाल उद्योगी तथा व्यवसायी महासंघ, नौवस्तामा नेता घननाथ खनालसँग पत्रकार रविन्द्र सिंह नेपाल लोकतान्त्रिक तथा संगठन, राप्तीसोनारी नेता रामदास थारुसँग पत्रकार जागेश्वर थारु, रिट्रिनी, कोहलपुर २ मा नेता पुजन विश्वकर्मासँग पत्रकार विजय परियारलार्य तोकिएको छ ।


सम्बन्धित समाचार