Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

बाँके २ @ सिट जहिल्यै अरूलाई : काँग्रेसमा आँटिला नेता अभाव

नेपालगन्ज : बाँके क्षेत्र नम्बर दुई तत्कालीन कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाले लड्दै आएको क्षेत्र हो । तर, यतिबेला मंसिरमा हुने संघीय चुनाउमा यस क्षेत्रबाट काँग्रेसले भने आफ्नो उम्मेदवार उठाउन सकेको देखिदैन ।

२०७४ मा गठबन्धनका नाममा काँग्रेसका कार्यकर्ताले राप्रपालाई भोट हालेका थिए । अहिले जसपालाई भोट हाल्नुपर्ने स्थिति पैदा भएको देखिएको छ ।

गठबन्धन बनेमा बाँके–२ काँग्रेसले नपाउने निश्चित छ । त्यसैले पनि कांग्रेसका प्रतिनिधिसभा सदस्य लड्ने हैसियत भएका नेताहरू कोही प्रदेशमा त कोही समानुपातिकमा खुम्चिएको देखिएको छ ।

प्रतिनिधिसभामा गजेन्द्र हमालको नाम चर्चामा आएपनि गठबन्धन हुने देखिएपछि उनी पनि समानुपातिकमा बस्ने भएका छन । तर,सभापति किरण कोइराला, क्षेत्र नं. २ का सचिव सुनिल सिंह हमाल र तरुण दल बाँके अध्यक्ष वीरेन्द्रबहादुर शाहको नाम काँग्रेसले सिफारिस गरेको छ ।

सुशील कोइरालाको क्षेत्रमा ईस्तियाक राई र धवल शम्सेर राणसँग चुनाउ लडन काँग्रेस बाँकेमा आँट गर्ने मान्छे नै नभएको सहजै देखिएको छ । बाँकेका काँग्रेस नेताको केन्द्रमा पहुँच नहुँदा गठबन्धनका नाममा बाँके–२ काँग्रेस जहिलेपनि शहिद भैरहेको छ ।

गत स्थानीय निर्वाचनमा वडाले पाएको मतलाई आधार मान्ने हो भने कांग्रेस बलियो देखिएको छ। क्षेत्र नं २ सम्पूर्ण डुडुवा गाउँपालिका र २३ वडा रहेको नेपालगन्जमा १६ र १७ बाहेक सबै वडा पर्छन्।


सम्बन्धित समाचार