Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

मन्त्री इस्तियाक राईको अर्को धमकेदार छलागं : नेपालगन्जमा ट्राफिक लाइट

नेपालगन्ज : बाँके क्षेत्र नम्बर २ का सांसद समेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईको सक्रियता र पहलमा बाँकेको नेपालगन्जमा ट्राफिक लाइट जडान गरिएको छ ।

जमुनाहादेखि कोहलपुरसम्मको रत्न राजमार्गमा लामो समयदेखि ट्राफिक सिग्नल लाइट जडान गर्नुपर्ने मागपछि मन्त्री राईको सक्रियतामा उक्त लाइट जडान भएको बाँकेका ट्राफिक प्रहरी प्रमुख हिमालय शाह बताउँछन ।
एक करोड ७० लाख ७८ हजार ९ सय २ को टेन्डर आव्हान भएको हो । प्रहरी निरीक्षक शाह नगरका अन्य स्थानमा पनि ट्राफिक लाइट राख्नुपर्ने आवश्यकता रहेको बताउँछन ।

नेपालगन्जमा सवारी साधनको चाप दिन प्रतिदिन बढ्दै गएको छ । ट्राफिक प्रहरीसँग पर्याप्त जनशक्ति नहुँदा यहाँको ट्राफिक व्यवस्थापनमा सधैंजसो समस्या आइरहन्छ । सीमित स्रोत साधनका कारण ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ ।

नेपालगन्जका विभिन्न चोकमा हातकै इसाराले भए पनि ट्राफिक ब्यवस्थापन गर्न ट्राफिक प्रहरी लागिपरेको छ । ट्राफिक प्रहरीको यो बाध्यता केही समय भएपनि सहज हुने देखिएको छ ।

नेपालगन्जका उपमहानगरका प्रमुख पाँच चोकमा ट्राफिक सिग्नल लाइट जडान गरिने छ । जाम धेरै हुँदा अतिव्यस्त हुने नेपालगन्जका पाँच चोकका लागि पाँच वटा ट्राफिक सिग्नल लाइट जडान गर्ने निर्णय गरेर सो जडानका लागि टेन्डर समेत आव्हान गरिएको सडक डिभिजन कार्यालय नेपालगन्ज बताउँछ ।

गणेशमान चोक, बीपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा (एयर पोर्ट) चोक गरी पाँच ठाउँमा ट्राफिक सिग्नल लाइट जडान हुनेछन ।


सम्बन्धित समाचार