Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

बाँकेमा मानव बम बन्दै डेंगु

उकालो लाग्दै संक्रमणको ग्राफ, नियन्त्रणको एक्सनमा देखिदैनन स्वास्थ्य संस्था र चिकित्सक

नेपालगन्ज : बाँकेमा डेंगु संक्रमण मानव बमका रुपमा उकालो लागेको देखिएको छ । यहाँ दुई जनाले ज्यान गुमार्यसकेका छन । दर्जनबढी नागरिक सक्रमणमा देखिएका छन । तर, यसको तत्काल नियन्त्रण तथा रोकथाममा स्वास्थ्य संस्था र चिकित्सकसँग कुनै योजना छैन । नत प्रभावकारी एक्शन नै देखिएको छ ।

बाँकेका विभिन्न पालिकाका ११ जनामा डेंगु पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बताउँछ । नेपालगन्ज उच्च जोखिममा देखिएको छ । यहाँ पाँच, कोहलपुर नगरपालिकाका चार र बैजनाथ गाउँपालिकाका एक जना गरि ११ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा उपचाररत दुई जनाको मृत्यू भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईका अनुसार मृत्यू हुनेमा बर्दिया र कैलालीका एक–एक जना छन ।

ज्वरो र टाउको दुखेमा चिकित्सकको सल्लाह विना सिटामोल खाने र सिकिस्त भएपछि मात्र उपचारका लागि अस्पताल ल्याउने प्रबृत्तीले उपचारको क्रममा विरामीको ज्यान जाने गरेको उनी बताउँछन ।

ज्वरो आउने र टाउको दुख्ने वित्तिकै चिकित्सकसँग सल्लाह लिए मृत्यूबाट जोगाउन सकिने सम्भावना रहने अस्पतालका डाक्६र प्रकाश थापा बताउँछन । उनका अनुसार अहिलेको मौसममा डेंगुको जोखिम बढ्नु स्वभाविक देखिएको छ । तर, सबै जोगिनुपर्छ । डेंगुको जोखिम कम गर्न लामखुट्टेलाई नष्ट गर्ने र झुल लगाएर सुत्नुपर्ने उनको सुझाव छ ।

डेंगु रोग रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने र आम सर्वसाधारणमा सचेतना जगाउने अभियान सुरु गरिएको स्वास्थ्य महाशाखा नेपालगन्जका प्रमुख रामबहादुर चन्द बताउँछन । स्वास्थ्यकर्मी र नगर प्रहरीलाई सचेतना अभियानमा परिचालन गरिएको उनी बताउँछन ।


सम्बन्धित समाचार