Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

सिकलसेल अस्पताल : कमाईखाने भाँडो नबनोस्

विरामीको विचल्ली, डाक्टरको लुट, थारु अगुवा चुपचाप, बजेटवीनै योजना शिलान्यास

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकामा सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्रको शिलान्यास भएको छ । उक्त अस्पताल थारुका नाममा कमाईखाने भाँडो बन्न नहुने जानकारहरु बताउँछन ।

शहरी विकास मन्त्री मेटमणि चौधरीले शिलान्यास गरेको केन्द्रका लागि बजेटको एकिनता देखिदैन । यसले पनि यो अस्पताल तोकिएको समयमा बन्ने कुरामा अहिले नै आशंका देखिन थालेको छ ।

मन्त्रालयले बजेट दिने भनेपनि कुन चरणमा कति बजेट दिने र कसरी केन्द्रका भौतिक पुर्वाधार निर्माण गर्ने बारे अन्यौलता देखिएको छ । अस्पतालका लागि केही व्यक्तिले जग्गा दान गरेका छन ।

केही रकम समेत उपलब्ध गराएका छन । तर, जग्गा दान र थोरै बजेटले उक्त अस्पताल निर्माण हुन नसक्ने देखिएको छ । अहिले यस क्षेत्रमा सिकलसेल विरामी दैनिक बढिरहेका छन । तर, उनीहरुले उचित उपचार पाउन नसकेको गुनासो गरेका छन । सिकलसेल विरामीका नाममा बाँकेका केही चिकित्सकले महँगो रकम लिएर नागरिक लुटदै आएको देखिएको छ ।

सहज र सस्तो उपचार हनुँद कतिपय थारु समुदायका गरिब विरामीको घरवार नै उठिवास भैसकेको विरामी बताउँछन । बाँकेका केही चिकित्सकका लागि सिकलसेल कमाई खानेभाँडो र लुट मच्चाउने रोगका रुपमा देखिएको छ ।

यस्तो विकराल अबस्था भएपछि थारु समुदायमा देखिएको सिकलसेल रोगको निदानका लागि भन्दै बाँकेमा निर्माण गर्न लागिएको उक्त अनुसन्धान केन्द्रसहितको अस्पताल निर्माणमा करोडौं बजेटको आबश्यकता पर्ने देखिएको छ ।

जानकी गाउँपालिका–३, नहरपूर्वामा सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना गरिने लागिएको हो । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका थारू अगुवाको नेपालगन्जमो नहरपूर्वामा सिकलसेल अस्पताल स्थापनाका लागि पहल थालिएको हो ।

सात बिघा जमिनमध्ये १० कट्ठा अस्पताल र अन्यमा सिभिल होम लगायत पार्किङस्थल, खेल मैदान र बगैँचाको निर्माण गरिने भएको थारू स्वास्थ्यकर्मी समाजका अध्यक्ष जीवराज चौधरी बताउँछन ।


सम्बन्धित समाचार