Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

चर्किदैं बाँके एमालेमा विवाद : मतदाता र पत्रकारमाथि नै प्रहार

नेपालगन्ज : सरकारले मंसिर ४ का लागि प्रदेश तथा संघको चुनाउ तोकिसकेको छ । अन्य दल झै एमाले बाँकेले पनि प्रदेश र संघका लागि उम्मेदवारको नाम सिफारिस गरिसकेको छ । तर, बाँके एमालेमा आन्तरिक विवाद चुलिदैं गएको देखिएको छ ।प्रदेश तथा संघमा नाम सिफारिसकै क्रममा देखिएको विवाद अहिले मतदातासम्म पुगेको छ ।

सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेखेको निहुँमा एमाले बाँकेको सचिवालयले खजुरा गाउँपालिका ४ का वडा सचिव समेत रहेका पत्रकार गोविन्द शर्मालाई स्पष्टिकरण सोधेको छ । स्टाटस लेखेकै निहुँमा पत्रकार समेत रहेका मतदातामाथि यसरी स्पष्टिकरण सोधिनुले एमाले बाँकेमा खैलाबेला मच्चिएको छ ।

जिल्ला अध्यक्ष किस्मत कक्षपतिले हस्ताक्षर गरेको एमाले नेपालगन्ज नगर कमिटीको लेटरमा शर्मालाई प्राप्त स्पष्टिकरण पत्रमा सामाजिक सन्जालमा अध्यक्षको मानमर्दन माथि आँच आउने गरी स्टाटस लेखेको कारण स्पष्टिकरण सोधिएको उल्लेख छ ।

सात दिनभित्र सोधिएका प्रश्नको जवाफसहितको स्पष्टिकरण बुझाउनुपर्ने अन्यथा पाटीको विधान बमोजिम कारवाही प्रक्रिया अघि बढाइने उक्त पत्रमा चेतावनी समेत दिइएको देखिएको छ ।

स्मरणहोस यसअघि समाचार लेखेकै कारण मेयरका उम्मेदवार पशुपति दयाल मिश्रले पत्रकार आकाश देवकोटाको नाममा मानहानीको उजुरी समेत दिएको चर्चा चलिरहेको छ । पछिल्लो समय एमाले बाँकेले पत्रकारलाई तार्गेट बनाउँदै आएको प्रेस चौतारी बाँकेमा आबद्ध एक पत्रकार नै बताउँछन ।

समाचार वा स्टाटस लेखेको निहुँमा पत्रकारलाई स्पष्टिकरण सोधिनु, उजुरी गर्नु निन्दनिय कार्य भएको चौतारीका सिनियर पत्रकारहरुको भनाई छ । काम गर्ने क्रममा कमी कमजोरी हुनसक्छन बसेर छलफलबाट समाधान खोजिनुपर्ने हो एक्कासी स्पष्टिकरण सोधिनु र उजुरीको बाटो रोज्नु नेतागण तथा एमाले बाँकेको निर्णय गलत भएको पत्रकारहरु बताउँछन ।

चुनाउका वेला पत्रकार तथा मतदाता माथि पाटी नेतृत्व नै यसरी खनिनुले सकारात्मक सन्देश नजाने जानकारहरु बताउँछन । मतदाता र पत्रकार माथि नै स्पष्टिकरण सोधिएको बिषयमा एमाले बाँकेका जिम्मेवार केही नेतासँग बुझन खोज्नदा उनीहरुले कुनै प्रतिक्रिया दिएका छैनन ।


सम्बन्धित समाचार