Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

नेपालगन्ज उपमहानगरमा सामि कार्यक्रम : जनप्रतिनिधीको विवादले नतिजा प्रकाशनमा समस्या

नेपालगन्ज : रोजगार मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा सन्चालित सुरक्षित आप्रवासन (सामि) कार्यक्रमका लागि नेपालगन्ज उपमहानगरपालिकाले कर्मचारी भर्ना गर्न लिइएको लिखित परिक्षाको रिर्जल्ट रोकिएको छ ।

नतिजा प्रकाशनमा उपमहानगरपालिकाका जनप्रतिनिधीबिच विवाद बढेपछि उक्त नतिजा अहिलेसम्म प्रकाशन हुन नसकेको खुलेको छ ।

गएको १८ गते लिइएको परिक्षामा उपमहानगरपालिकाका केही जनप्रतिनिधीका आफन्त फेल भएपछि यतिबेला जनप्रतिनिधी र परिक्षा सन्चालन तथा पदपुर्ति समितिबीच नै आन्तरिक विवाद बढेको खुलेको छ ।

जसका कारण परिक्षार्थीहरु मर्कामा परेका छन । विवादले भित्रभित्रै चरम रुप लिएपछि १८ गते लिएको परिक्षाको रिर्जल्ट तत्काल गर्ने भनिएपनि अहिलेसम्म हुन नसकेको नेपालगन्ज उपमहानगरपालिका स्रोत बताउँछ ।

मन्त्रालयको सम्झौताअनुसार नेपालगन्ज उपमहानगरपालिकामा बैदेशिक रोजगार सम्बन्धी सुचना, परामर्श तथा सिप विकास तालिम न्यायमा पहुँच मनोपरामर्शदाता नियुक्तीका लागि यसअघि आवेदन नै गरेर परिक्षा लिइएको थियो ।

साउन १३ गते प्रकाशित विज्ञापनमा कार्यक्रम संयोजक, सामाजिक परिचालन अधिकृत, आप्रवासी स्रोत केन्द्र परामर्शदाता, मनोसामाजिक परामर्शदाताका लागि नागरिकबाट आवेदन लिइएको थियो ।

पदपुर्ति समितिका सदस्य समेत रहेका उपमहानगरपालिकाका महिला विकास अधिकृत शोभा शाह विज्ञापनपछि परिक्षा भएको तर आन्तरिक केही जटिलताका कारण अहिले रिर्जल्ट प्रकाशनमा ढिलाई भएको बताउँछन । उनले भनिन विवादका वारे आफुलाई केही थाहा छैन रिर्जल्ट रोकिएको छ अब केही दिनमा होला ।


सम्बन्धित समाचार