Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

सिकलसेलका विरामीको वेहाल, उपचारका नाममा लुटदैं चिकित्सक

बन्ला त सिकलसेल अस्पताल ? शिलान्यास भयो छैन बजेटको ठेगान, सम्भव होला त ? सिभिल होम लगायत पार्किङस्थल, खेल मैदान र बगैँचाको निर्माण

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकामा सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्रको शिलान्यास भएको छ । शहरी विकास मन्त्री मेटमणि चौधरीले उक्त केन्द्रको शिलान्यायस गरेका छन । तर, उक्त केन्द्रका लागि आबश्यक पर्ने बजेटको एकिनता अहिले देखिएको छैन ।

मन्त्रालयले बजेट दिने भनेपनि कुन चरणमा कति बजेट दिने र कसरी केन्द्रका भौतिक पुर्वाधार निर्माण गर्ने बारे अन्यौलता देखिएको छ । अस्पतालका लागि केही व्यक्तिले जग्गा दान गरेका छन ।

केही रकम समेत उपलब्ध गराएका छन । तर, जग्गा दान र थोरै बजेटले उक्त अस्पताल निर्माण हुन नसक्ने देखिएको छ । अहिले यस क्षेत्रमा सिकलसेल विरामी दैनिक बढिरहेका छन । तर, उनहिरुले उचित उपचार पाउन नसकेको गुनासो गरेका छन । सिकलसेल विरामीका नाममा बाँकेका केही चिकित्सकले महँगो रकम लिएर नागरिक लुटदै आएको देखिएको छ ।

सहज र सस्तो उपचार नहुँदा कतिपय थारु समुदायका गरिब विरामीको घरवार नै उठिवास भैसकेको विरामी बताउँछन । बाँकेका केही चिकित्सकका लागि सिकलसेल कमाई खानेभाँडो र लुट मच्चाउने रोगकोका रुपमा देखिएको छ ।

यस्तो विकराल अबस्था भएपछि थारु समुदायमा देखिएको सिकलसेल रोगको निदानका लागि भन्दै बाँकेमा निर्माण गर्न लागिएको उक्त अनुसनधान केन्द्रसहितको अस्पताल निर्माणमा करोडौं बजेटको आबश्यकता पर्ने देखिएको छ । तर, अहिले कति बजेट विनियोजन भएको छ यसको एकिनता शहरी विकास मन्त्री चौधरीलाई समेत जानकारी भएको देखिदैन ।

सिकलसेलका बिरामीलाई लक्षित गरी जानकी गाउँपालिका–३, नहरपूर्वामा सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना गरिने लागिएको हो । यसअघि नहरपूर्वामा सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र स्थापनाका गरी सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका थारू अगुवाको नेपालगन्जमो नहरपूर्वामा सिकलसेल अस्पताल स्थापनाका लागि पहल थालिएको हो ।

सात बिघा जमिनमध्ये १० कट्ठा अस्पताल र अन्यमा सिभिल होम लगायत पार्किङस्थल, खेल मैदान र बगैँचाको निर्माण गरिने भएको थारू स्वास्थ्यकर्मी समाजका अध्यक्ष जीवराज चौधरी बताउँछन ।

बाँकेको राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा सिकलसेलको परीक्षण र उपचार भइरहेको छ । रगत जाँच गरिएकामध्ये १० देखि १५ प्रतिशतमा सिकलेसलका बिरामी फेला परेका छन् ।


सम्बन्धित समाचार