Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

क्यान्सर अस्पतालका अध्यक्ष मल्ल : मिसनको गायब १० करोड अब खोजिन्छ त ?

नेपालगन्ज : बाँकेको खजुरामा रहेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा मिसन परोपकार संस्थाको १० करोड बढी रकम हिनामिना भएको देखिएको छ ।

मिसन परोपकार नामक संस्थाले अस्पतालका तत्कालिन समितिलाई उक्त रकम अस्पतालको भौतिक पुर्वाधार निर्माणका लागि उपलब्ध गराएको थियो । तर, सो रकम उद्देश्य अनुसार प्रयोग हुन नसक्दा बिचमै गायब भैसकेको यसअघि ईसेतोखरीले नै समाचार लेखिसकेको छ ।

अस्पतालका तत्कालिन अध्यक्ष किशोर थापाले उक्त रकमको खोजि गर्न खोज्दा केही अराजक व्यक्तिहरले अवरोध पुराएका थिए । त्यसपछि उक्त रकमको अहिले पनि अत्तोपत्तो देखिदैन ।बैंकमा भए समितिले त्यसको रकेर्ड पनि सर्वाजनिक गर्न सकेको छैन । मिसनले रकम प्रदान गर्दा किस्मत कक्षपति खजुरा क्यान्सरको अध्यक्ष थिए ।

अहिले उक्त अस्पतालमा विद्यार्थी नेता टेकेन्द्र मल्ल अध्यक्ष भएका छन । उनलाई नेपालगन्ज र खजुरामा सम्मान गर्ने कार्यक्रम भैरहेका छन । यसबिच आम खजुरा बासीको एउटै प्रश्न रहेको छ । अध्यक्ष मल्ल जि अब उक्त गायब १० करोडको सोधिखोजि होला त ? उक्त रकमबाट बनाउने भनिए अनुसारका नत यत्यहाँ पुर्वाधार बनेका छन । न त बनेका पुर्वाधार मापदण्ड अनुसारका छन । भएका पुर्वाधार जताततै अस्तव्यस्त देखिएका छन ।

नेकपा समाजवादी निकट अनेरास्वीकायूले मल्ललाई नेपालगन्जमा सम्मान गरेको छ । उक्त कार्यक्रममा मल्लले क्यान्सर अस्पताललाई पश्चिम नेपालकै भरोसाको केन्द्र बनाउने बताएका छन । तर, यहाँ विगतमा भएको आर्थिक अपारदर्शीता र हिनामिनाको खोजि गर्नुपर्ने आम खजुराबासीको यतिबेला माग रहेको छ ।

कार्यक्रममा समाजवादीका पोलिटब्यूरो सदस्य तथा पुर्वमन्त्री दलबहादुर सुनारले क्यान्सर अस्पताललाई पश्चिम नेपालको नमूना अस्पताल बनाउनुपर्ने बताए ।

उनले आगामी चुनाउमा आफु आफनो क्षेत्रबाट निर्वाचन जित्नेमा ढुक्क रहेको भन्दै उक्त क्षेत्रमा आफु बालेन झै उदाउने दाबी गरेका छन । म जनातको मनमा बसेको छु उनले भने त्यसैले पनि जनताले समाजवादीमा मतदान गरेर मलाई जिताउँछन ।

कार्यक्रम समाजवादी बाँकेका जिल्ला अध्यक्षसहित नेताहरु अब्दुल खान, ऋषि पोखरेल, विद्यार्थी नेताहरु लगायतको सहभागिता थियो ।


सम्बन्धित समाचार