Loading... आजः ६ चैत्र २०७९, सोमबार ।। Monday 20th March 2023

मेयर साब : किन ? सेलायो कान्जिहाउसको चटक

सडकैभरी छाडा पशुचौपाय, उदासीन उपमहानगरपालिका, समस्यामा नागरिक

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा छाडा पशुचौपायाको व्यवस्थापनमा फेरी चुनौती थपिएको छ । मेयरमा निर्वाचित भए लगत्तै समस्या समाधान गर्ने भन्दै कडा रुपमा उत्रिएका मेयर प्रशान्त विष्टको तत्कालिन कडा एक्सन यतिबेला सेलाएको देखिएको छ ।

मेयर लगायतका निर्वाचित जनप्रतिनिधिले निर्वाचन भएको करिब ५ महिना बढी बितिसक्दा पनि समस्या समाधान गर्न सकेका छैनन् ।

शुरुवातमा सस्तो लोकप्रियताका लागि काम देखाए झै गर्दा केही समय सडकमा देखिन छोडेका छाडा पशु चौपाया यतिबेला बजारमा फेरी देखिन थालेका छन । तर, यीनको व्यस्थापनमा कान्जिहाउसका कमाण्डर मेयर विष्ट लगायतको जनप्रतिनिधीको टीम उदासीन देखिएको छ ।

जुन जोगी आएपनि कानै चिरिउको भने झै मेयर विष्टले पनि सहरमा रहेका चोपायको व्यवस्थापनमा अहिले चासो देखाएका छैनन । नसक्ने र नहुने काममा सस्ती लोप्रियताका लागि ठुला गफ किन गर्नु ? यसले मेयर प्रति प्रश्न खडा गरेको छ ।

छाडा पशु चौपायाका कारण स्थानी कृषकले र आवतजावत गर्ने यात्रुहरुले सबैभन्दा बढी समस्या झेल्नुपरेको छ । स्थनीय जनप्रतिनिधि तथा सरोकारवालाले यसको दिर्घकालिन समाधान नखोजेर राजनीतिक नारामा सीमित गर्दा यो समस्या दोहरीने क्रम बढेको स्थानीयको आरोप छ ।

उपमहानगरपालिकाकाले गत आर्थिक बर्षमा गौशाला निर्माण, खाद्यान्न आपूर्ती, हेरालुको खर्च लगायत गरेर पशुचौपाया व्यवस्थापनमा लाखों बजेट विनियोजन गरेको थियो । तर पनि समस्या अहिलेसम्म समाधान हुन सकेको छैन ।

भारतीय खुला सिमाना रहेकाले समस्या समाधानमा कठिनाइ उत्पन्न भइरहेको भन्दै उपमहानगरपालिका जिम्मेवारीबाट पन्छिन खोजेको बुझिएको छ ।

ठुलै चुनौतीका रुपमा द्ेखिएको छाडा पशु चौपाया नियन्त्रणमा नेपालगन्ज उपमहानगरले सरोकारवाला सवैसँग आवश्यक समन्वय गरि यसको दिर्घकालिन समाधान खोज्न जरुरी देखिएको छ ।


सम्बन्धित समाचार