Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

बाँके एमालेमा धमाधम नाम सिफारिस

नेपालगन्ज : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा क्रियाशील दलहरूले उम्मेदवार हुन आकांक्षा राख्नेको नाम धमाधम सिफारिस गरेका छन् ।

नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवारको नाम सिफारिस गर्न थालेका हुन् ।
प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रबाट सिफारिस भएर आएका नामहरूलाई जिल्ला कमिटीले प्रदेश र प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई सिफारिस गर्ने गरी पार्टीहरूले पद्धतिको विकास गरेका छन् ।

सोहीअनुसार अधिकांश पार्टीको प्रदेश क्षेत्रीय कमिटीले संघीय क्षेत्रीय कमिटी र सङ्घीय क्षेत्रीय कमिटीले जिल्ला कमिटीलाई आकाङ्क्षीको नाम सिफारिस गर्न थालेका हुन् ।

एमालेले बाँके क्षेत्र नं २ प्रदेशसभा (ख) प्रत्यक्षतर्फ निरक गुरुगंसहित आठ जनाको नाम सिफारिस गरेको छ । सिफारिस आठमध्ये अधिकाशंले गुरुगंलाई सर्वसम्मत उम्मेदवार बनाउन भनेको बुझिएको छ ।

दुई (क) मा राजेन्द्र कँडेल र विजय यादवको नाम सिफारिस भएको छ । यहाँ यादव भन्दा कँडेल बलिया उम्मेदवार देखिएको डुडुवा क्षेत्रका नागरिक बताउँछन ।

एमालेले २० गतेभित्र जिल्लाका सबै क्षेत्रका उम्मेदवारको नाम सिफारिस गरेर पठाइसक्ने भएको छ ।
बाँकेको क्षेत्र नम्बर तीनको (ख)मा पदम धिताल भीम ओली र डिल्ली विसीको नाम सिफारिस भएको छ ।

एमालेमा प्रदेशसभामा समानुपातिकको सूचीका लागि भने जिल्ला कमिटीले आकाङ्क्षीको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ ।


सम्बन्धित समाचार