Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

अपराधी र भष्टाचारीको संरक्षण गरेको आरोप खेपेका बाँकेका न्यायाधिश अधिकारी बर्खास्त

अधिकारकर्मीदेखि कानून व्यवसायी र अदालतकै कर्मचारीको एउटै आवाज : बर्खास्त मात्रै होइन राज्यले हदैसम्मको कारवाही गर्नुपर्छ

नेपालगन्ज : न्याय सम्पादनको मर्म विपरीत काम गर्दै अपराधी र भष्टचारीको संरक्षणमा सक्रिय भएको आरोप खेपिरहेका बाँके जिल्ला अदालतका न्यायाधिश श्यामसुन्दर अधिकारी बर्खास्तमा परेका छन ।

बाँके अदालतमा बस्दा उनले यहाँका केही अपराधि र जमिन दलाल, र भष्टाचारीबाट मोटो रकम लिएर अदालतको गरिमामाथि आँच ल्याउदै कानूनी मर्मको विपरित नागरिकका विपक्षमा उभिर्दै आएको पनिअ ारोप छ ।
उनले नागरिकको न्यायका लागि संघर्ष गरिरहेकी एक अधिकारकर्मी महिलामाथि समेत विभेदकारी फैसला सुनाउदै पक्राउ गर्न आदेश समेत दिएको यतिबेला खुलेको छ ।

बाँकेकी अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा उनीमाथि ‘यान्त्रिक रुपमा पक्राउ अनुमती दिएका’ तीनै बाँके जिल्ला अदालतका न्यायाधीश अधिकारीलाई न्यायपरिषद बैठकले बर्खास्त गरेको हो ।

न्यायपरिषदको बैठकले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको परिषदका प्रवक्ता मानबहादुर कार्की बताउँछन । तत्कालिन अबस्थामा यहाँका काँग्रेसी नेता बादशाह कुर्मी लगायतका जमिन कारोवारी तथा एक महिलामाथि दुव्र्यवहारको घटनामा मुच्छिएका व्यक्तिको पक्षमा लागेर न्यायधिश अधिकारीले अधिकारकर्मीलाई समेत सताएको खुलेको छ ।

अधिकारी जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित पारेको उजुरी परेको थियो । त्यसपछि न्याय परिषदले उनलाई सर्वोच्च अदालतमा झिकाएको थियो ।

अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप पनि छ । उनको खातामा शंकास्पद रुपमा ८ लाख रुपैयाँ भेटिएको थियो । त्यतिबेलै न्यायाधीश सपना प्रधान मल्लको इजलासले बर्खास्तीको सिफारिस गरेको थियो ।

तर राजनीतिक दाउपेचका कारण कार्यान्वयन भएको थिएन । यसपछि अधिकारी कालीकोट सरुवा भएका थिए । फेरी बाँके आएका अधिकारीको कालिकोटमा पनि उनको छवी धमिलिएको नागरिक अगुवा बताउँछन । अधिकारीको बर्खास्तीमा बाँकेका अधिकारकर्मी महिला मात्रै होइन कतिपय कानून व्यवसायी र अदालतकै कर्मचारी नै खुशी देखिउका छन ।

नेपालगन्जका एक कानून व्यवसायीले नाम नछाप्ने शर्तमा भने गलत गर्ने माथि कारवाही हुनुपर्छ न्यायाधिश अधिकारीले बाँकेमा अति नै गरेका थिए त्यसको फल मात्रै पाएका हुन । उनले थपे बर्खास्ती मात्रै होइन राज्यले दण्ड जरिवाना समेत गर्न सक्नुपर्छ । अन्तैबाट


सम्बन्धित समाचार