सालिकसँग फोटोसेसनको असभ्य आसन : बौद्धिक क्षेत्र
नेपालगन्ज : जनप्रिय नेता मदन भण्डारीको सालिकमा फोटोसेसन गरिएको फोटो यतिबेला सामाजिक सन्जालमा भाइरल नै बनेको देखिएको छ । यसलाई नेपाली समाज जो बौद्धिक क्षेत्र छ उसमध्ये कतिपयले अराजकता भनेका छन ।
कतिपयले फोटो सुट गर्दा अराजकता भन्न नमिलने टिप्पणाी गरेको देखिएको छ । यद्दपी नेपाली समाजमा यसरी महत्वका साथ राखिएका सालिकमाथि मनपरी फोटो खिचाउनु र भाइरल हुने मनशाय लिनुलाई अराजकता तथा गलत कार्य भनेको सुनिर्दै आएको छ ।
सालिकसँग रमाइलो फोटोसेसन गर्ने ट्रेन्ड संसारभरि नै देखिएको छ । तर, यतिबेला नेपालमा मदन भण्डारीको सालिकमा एक महिलाले फोटो सेसन गरेपछि उक्त फोटो विवादीत बनिरहेको छ । नागरिक समाज बाँकेका अगुवा प्रकाश उपाध्यायले यसलाई अराजकता भएको टिप्पणी गरेका छन ।
उनीसँगै बाँकेका धेरै बौद्धिक तहका नागरिकले जननेताको सालिकमा मनलाग्दी फोटो खिचेर सामाजिक सन्जालमा राख्नु भाइरल हुने मनशाय रहेको बताउँदै आएका छन ।
महापुरुषहरूको सालिकमा फोटोसेसन गर्नु कुनै नौलो कुरा होइन अर्का अगुवा केशव कोइराला भन्छन तर, महिला जुन आसनमा छन्, त्यसलाई लिएर यतिबेला टिकाटिप्पणी भइरहेको देखिएको छ ।
मदन भण्डारी पार्कमा सारी–चोलोमा सजिएकी र हातमा ब्यागसमेत बोकेकी महिलाले सोही सालिकको काखमा आरामसँग बसेको पोज दिएको देखिएको छ । उनी को हुन् यो भने खुल्न सकेको छैन ।
धेरैले उनको फोटोलाई अमर्यादित भन्दै आलोचना गरेका छन् । कसैले चाहिँ रमाइलो रूपमा लिएका छन् । यो फोटो फोटोसप गरिएको हुनसक्ने पनि आशंका कतिपयको छ ।
जेहोस यसरी सालिकमा गएर असभ्य आसनमा अमर्यादीत रुपमा फोटो खिच्नुलाई अराजकता भन्नै पर्छ । यसले भविष्यमा थप विकृति नल्याउला भन्न सकिदैन । त्यसैले यस्ता गतिविधी गर्ने जोकोहीलाई निगरानी गर्न र सचेत बनाउन आबश्यकता देखिएको छ ।