Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

नेपालगन्जको नो हर्न अभियान अलपत्र

निरिह ट्राफिक, जेब्रा क्रसिगंमै रोकिन्छन सवारी साधन, समस्यामा पैदल यात्री

नेपालगन्ज : बाँकेको नेपालगन्जमा विगत दुई बर्षअघि घोषणा गरिएको नो हर्न अभियान यतिबेला अलपत्र परेको देखिएको छ । ट्राफिक प्रहरी प्रमखमा हिरेन्द्र रोकाय हुँदा यसअघि नेपालगन्ज उपमहानगरपालिकालाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

नेपालगन्ज उपमहाननगरपालिकाको सहयोग र ट्राफिक बाँकेको सक्रियता गरिएको उक्त घोषणा रोकाय नेपालगन्जमा हुँदासम्म चलेपनि उनको सरुवासँगै अलपत्र परेको अधियान अहिलेपनि उस्तै छ ।

ट्राफिक प्रहरीले हर्न निषेधित क्षेत्र कार्यान्वयनका लागि नेपालगन्ज उप–महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय उद्योग बाणिज्य संघ नेपालगन्ज, विभिन्न यातायात ब्यवसायी संघ समिति, ट्रेकटर समिति लगायत सरोकारवालासँग छलफल गरी अभियान अघि बढाइएको थियो ।

तर, उनको सरुवापछि आएका कुनैपनि ट्राफिक प्रमुखले उक्त अभियानलाई निरन्तरता दिन चासो नदेखाएको देखिएको छ । रोकायको सरुवापछि अहिले चार जना ट्राफिक प्रमुख फेरिसकेका छन । यी कुनैले नो हर्नका बिषयमा ध्यान दिन सकेका छैनन ।

नेपालगन्ज उपमहानगरपालिकामा यतिवेला ट्राफिक प्रहरीको उदासिनताका कारण सवारी चालकले मनलाग्दी चर्को आवाजमा हर्न बजाउने गरेका छन् । नगरभित्र साना–ठूला सवारीसाधनको मनपरि बढ्दै जाँदा जिल्ला ट्राफिक कार्यालय निरिह बन्दै तमासा हेरेर बसेको छ । मनलाग्दी गर्ने सवारी चालकलाई कारबाही गर्नुको साटो ट्राफिक प्रहरी स्वयमका सवारी साधनले हर्न बजाउदैँ सडकमा घुइकिन्छन् ।

अहिलेका ट्राफिक प्रमुख हिमालय शाहले पनि यस अभियानलाई सक्रिय र प्रभावकारी बनाउन कुनै चासो नदेखाएको देखिएको छ । यसले नेपालगन्ज र कोहलपुर लगायकता क्षेत्रमा टार्फिक व्यवस्थापन असतव्यस्त हुँदै आएका छ ।

नगरमा यातायातका साधनले जथाभावी चर्को आवाजका हर्न बजाउँदा ध्वनि प्रदुषण निकै बढेको पुस्पलाल चोकका स्थानीय बिष्णु शर्मा बताउँछन । उनकाअनुसार सडक छेउ रहेका विद्यालय, अस्पताल, यात्रुहरु चर्को हर्नबाट प्रभावित छन् ।यसअघि ध्वनि प्रदुषण विरुद्ध पुनरावेदन अदालतमा सार्वजनिक सरोकारको रिट दायर भई सो सम्बन्धमा फैसला भएको थियो ।

उपमहानगरको सीमामा सचेतनामूलक होर्डिङ बोर्ड राखिएको थियो । नो हर्नका बार्डहरु नगर क्षेत्रमा लगाइएको थियो । चालकलाई सम्झाउने लगायतका काम गरिएको थियो । अहिले यी कुनैपनि काम भएका छैनन । तत्कालिन अबस्थामा राखिएका बोर्डको समेत सुरक्षा हुन नसकेको देखिएको छ ।

नेपालगन्ज र कोहलपुका सडकमा जेब्रा क्रसिगं बनाइका छन । तर, चालकले ती ठाउँमै सवारी साधन राक्ने गरेका छन । यसले पैदन यात्री जो सडक क्रस गर्न खोज्छन उनीहरुलाई सडक क्रस गर्नमै समसया भैरहेको देखिएको छ । यसको अनुगमन र निगरानी समेत हुन सकेको देखिदैन । बाँके ट्राफिकको यसतर्फ तत्काल ध्यान जान आबश्यक देखिएको छ ।


सम्बन्धित समाचार