Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

महासंघमा आबद्ध ३ लाख ८० हजार सवारी साधनमा १० अर्ब लगानी

नेपालगन्ज : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग यतिबेला ट्रक, साना टयाम्पो, बससहित तीन लाख ८० हजार सवारी साधन आबद्ध छन । करिव १० खर्बको लगानी रहेको छ । जहाँ यातायात व्यवसायमा चार लाख यातायात व्यवसायी रहेका छन । यसमा १० लाखले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन ।

सरकारले निर्धारण गरेको भाडा दरमा व्यवसायीलाई १० प्रतिशत मात्रै मुनाफा भएको देखिएको छ । यातायात व्यवसायीका लागि उक्त मुनाफा कम भएको व्यवसायीले बताएका छन । यातायात व्यवसायीलाई करिव १५ प्रतिशत मुनाफा हुने गरी नीति निर्माण गर्न सरकारलाई यातयाता व्यवसायीले आग्रह गरेका छन ।

यातायात व्यवसायी अधिकार सम्पन्न प्राधिकरण निर्माण गर्ने तयारीमा लागेको उल्लेख गर्दै व्यसायीले कम्पनी ऐनको कार्यविधि समेत निर्माणको चरणमा जानकारी दिए ।

भेरी यातायात प्राली नेपालगञ्जका अध्यक्ष तथा महासङ्घका केन्द्रिय सदस्य राजेन्द्र गिरी अहिले पनि यातायात व्यवसयी मर्कामा परेको बताउँ५न । उनकाअनुसार यातायात व्यवसाय बल्ल बामे सर्न लागेको देखिएको छ ।

यातायात व्यवसायी इन्द्र पुनले यातायात व्यवसायीको नीजि लगानी जोखिममा राखेर सेवा प्रदान गरिरहेको बताए ।
यातायात व्यवसायीका विभिन्न २१ सुत्रीय माग सरकारसँग राखेको उनी बताउँछन । ती माग विभिन्न मन्त्रालयसँग समवन्धित भएको उनले जानकारी दिए ।

भेरी यातायात,नेपालगञ्जले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ नवनिर्वाचित अध्यक्ष बिजय बहादुर स्वाँर सहित महासङ्घका महासचिव डेकनाथ गौतम, केन्द्रीय सदस्य टङ्क बस्याल पदाधिकारी र केन्द्रीय सदस्यलाई सम्मान गरेको छ ।


सम्बन्धित समाचार