Loading... आजः ७ चैत्र २०७९, मंगलवार ।। Tuesday 21st March 2023

नेपालगन्जमा दैलेखीको बृहत एकता : तीज मिलनले ल्यायो रौनक

नेपालगन्ज : कर्णाली प्रदेशको धार्मिक तथा एतिहासिक र पर्यटकीय जिल्ला दैलेखबाट लुम्बिनी प्रदेशको बाँकेमा आएर बसोबास गर्नेदेखि सरकारी तथा गैरसरकारी निकायमा कार्यरत दैलेखीहरुको एकता झनझन मजबुद हुँदै गएको देखिएको छ ।

दैलेख समाज नेपाल बाँकेको सक्रियतामा गरिएने विभिन्न कार्यक्रम गोष्ठि सेमिनार र भेटघाटले दैलेखीहरुबिच आनिमयता मात्रै बढाएको छैन दैलेखीको एकताले सकारात्मक सन्देश प्रवाह समेत गरेको छ ।

समाजको आयोजनामा बुधबार गरिएको तीज मिलन तथा दर खाने कार्यक्रमले समेत दैलेखी बिचको आत्मियता र भाईचाराको सबन्धलाई अझै गाढा बनाएको देखिएको छ ।

दैलेखी आम नागरिकको हकहित र अधिकारसँगै सुख दुःखको सारथीका रुपमा स्थापना गरिएको समाजले विगतदेखि अहिलेसम्म नेपालगन्जमा विभिन्न गतिविधीसँगै सामाजिक काममा सक्रियता देखाउँदै आएको छ ।

 

हरेक बर्ष दैलेखी चेलीहरुलाई उच्च स्थानमा राखेर गरिने तीज मिलन कार्यक्रम यसबर्ष पनि भव्य सभ्य र सौहार्द रुपमा भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उपमेयर तथा दैलेख चेली उमा थापामगरको प्रमुख आतिथ्यता र भेरी अस्पतालका तत्कालिन मेसु डाक्टर प्रकाश थापाको बिशेष आतिथ्यतासँगै मिन मलल्, रेखा खड्का, बन्दना विष्ट कमल न्यौपाने, डिवी थापा, अमृता चन्द लगाययताका अगुवाहरुको सहभागिता थियो ।

समाजका अध्यक्ष इश्वर श्रेष्ठको सभापत्त्विमा भएको तीज मिलन कार्यक्रममा दुई सय बढी दैलेखी चेलीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा दैलेखी समाजलार्ई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने निकाय संघ संस्था तथा व्यक्तिलाई मायाको चिनो सहित सम्मान प्रदान गरिएको समाजका सचिव डिवी थापा बताउँछन ।


सम्बन्धित समाचार