Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

पुलिस अड्डामा पुलिसकै रुवावासी

हाकिम रिजाउँदै कप्र र आर्थिक प्रशासनमा मस्ती गर्दै, बाँकेदेखि हेडक्वाटसम्मै बदनामी

नेपालगन्ज : प्रहरी प्रधान कार्यालय सहित देशभरका जिल्लामा विन्दासको जागिर खाइरहेका पुलिस जवानदेखि अधिकारीसम्मको यतिबेला रुवावासी चलेको देखिएको छ । यस्ता कर्मचारीलाई फिल्डमा खटाउन थालिए पछि अहिले आरामको जागिर खाने कर्मचारीको रुवावासी हुने थालेको हो ।

१०–५ को जागिरकै लागि उनीहरु पावर लगाएर कतिपय पुलिस हेडक्वाटर र जिल्ला मुकाममा बस्दै आएका छन् । त्यस्ता कर्मचारीलाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले लखेट्न थालेका छन् । हालै डेढ सय भन्दा धेरै त्यस्ता कर्मचारीलाई फिल्डमा पठाइएको छ । यसले यस्ता कर्मचारी तनावमा देखिएका छन ।

हेडक्वाटसँगै ठुला सहरमध्येको नेपालगन्जमा पनि यस्ता धेरै पुलिस जवानदेखि अधिकारी पावरका भरमा दरबन्दीमा नगएर जिल्लामै बसी मस्तीको जागिर खाइरहेको खुलेको छ ।

त्यसमध्ये कतिपय काज मिलाएर बसेका छन । प्रहरीमा जागिर खाएर फिल्डमा काम नै गर्न नचाहने प्रवृत्तिका कर्मचारीले मुख्यालय र जिल्ला रोज्ने गरेका छन् । जहाँ उनीहरुको काम नै हुँदैन । १० बजे आउने चिया खाने र ५ नबज्दै घर दौडने पुलिस कर्मचारीको बाँकेमा पनि संख्या कम छैन ।

जिल्लाका पुलिस प्रमुखसँग मिलेमतो गर्ने, मोटो रकम बुझाउने र आफु विन्दासको जागिर खाने प्रवृत्तिका पुलिहरुकै कारण बाँके लगायत हेडक्वाटर समेत बदनामी बनिरहेको छ ।

फिल्डमा खटिनेहरु दिनमा १५ घन्टासम्म खटिनुपर्ने अवस्था छ । तर, केही कर्मचारी भने फौजमा भर्ना हुने, रासनभत्ता समेत बुझ्ने अनि निजामतीको भन्दा आरामको जागिर छान्ने गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा त तल्लो तह मात्र होइन उच्च तहका केही दरबन्दी पनि अनावश्यक छन् । डिएसपीले गर्ने काममा केही डिआइजी कार्यरत छन् । तर, उच्च तहका पद भने कटौती हुन सकेको छैन ।केही वर्षाेदेखि कप्र र आर्थिक प्रशासनमा राज गर्दै आएका केही पुलिस कर्मचारी हाकिमलाई रिजाउँदै सदाबहार त्यहि बस्दै आएका छन । दृष्टिबाट


सम्बन्धित समाचार