Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

नेपालगन्जमा १ लाख नागरिक संस्थानको स्वच्छ खानेपानीबाट बन्चित

३० करोडको खानेपानी योजना अलपत्रै, उदासीन खानेपानी संस्थान र उपमहानगरपालिका, मेयरको ध्यान कहिले जाने ?

नेपालगन्ज : बाँकेको नेपालगन्जमा यतिबेला पनि एक लाखबढी नागरिक खानेपानी संस्थानको स्वच्छ खानेपानी पिउनबाट बन्चित देखिएका छन । एक लाख ३८ हजार नौ सय ५१ जनसंख्या रहेको नेपालगन्जमा करिब ३० हजार नागरिकले मात्रै संस्थानको पानी प्रयोग गरेका छन ।

यहाँ २८ हजार २ सय घरधुरी छ । त्यसमध्येमा करिब ५ हजार घरधुरीका ३० हजार नागरिकले मात्रै संस्थानको पानी प्रयोग गर्ने गरेको देखिएको छ ।

अहिले संस्थानले दैनिक ६० लाख लिटर पानी नेपालगन्जमा हरेक दिन छोडने गरेको संस्थानका नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठ बताउँछन ।

नेपालगन्जका विभिन्न स्थानमा गाडिएका नेपालगन्जबासीका लागि खानेपानीले प्रयाप्त पानी पुराउन सकेको छैन । उनकाअनुसार औद्योगिक क्षेत्र, गुरुद्वारा, नन्दनी मिल र कार्यालय परिसरका बोरिङबाट निकालेर पानी सप्लाइ गरिएको छ । पानीको माग बढिरहेकाले परसपुर, वाटरपार्क, कारकाँदो, रानीतलाउमा बोरिङ सञ्चालन गर्ने योजना छ ।

नेपालगन्जमा सतहबाट पानी आउन छोडेको छ । गर्मी अनि धाराबाट समेत पानी नआउँदा नेपालगन्जवासी खानेपानीको समस्यामा छन ।

संस्थानले बिहान ६ देखि ९, दिउँसो १२ देखि १ र बेलुका ४ देखि ७ बजेसम्म पानी दिने गरेको उनी बताउँछन । नेपालगन्जमा संस्थानको पानी पिउनेको संख्या अत्यन्त न्यून छ । नेपालगन्जका आठवटा बोरिङ सुकिसकेका छन् ।

नेपालगन्जमा राप्ती नदीबाट पानी ल्याउने योजना अघि सारिएको थियो । तीन वर्षभित्रै पानी ल्याउने भनिएपनि उक्त योजना अहिलेसम्म पुरा हुन सकेको देखिदैन । सरकारी उदासीनका कारण ३० करोडको उक्त योजना अहिले पनि अलपत्र छ ।

बाटो खन्नका लागि संस्थानले सडक विभागलाई १ लाख ३१ हजार र नेपालगन्ज उपमहानगरपालिकालाई ९ लाख ३१ हजार बुझाएको छ । तर, यी दुबै निकायले समयमा काम नगर्दा योजना अलपत्रै रहेको छ ।

नेपालगन्जमा यसरी पानीको अभाव देखिदा समेत नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट लगायतका जनप्रतिनिधीको ध्यान जान सकेको छैन । उनीहरु मन्दिर कब्जा गर्नुका साथै नचाहिने नचाहिने काममा सक्रियता देखाउँदै सस्तो लोकप्रियता कमाउन तर्फ लागि परेको देखिएको छ ।


सम्बन्धित समाचार