Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

नेपालगन्जमा कालोबजारी : बजेट अभाव भन्दैै अनुगमनबाट पन्छिर्दै उपमहानगरपालिका

अनुगमनका ठेकेदारहरु सेटिंगमा, उपभोक्ता मर्कामा, नेपालगन्ज उपमहानगर अनुगमनका लागि डोनर खोज्दै

नेपालगन्ज : बाँकेको नेपालगन्ज लगायतका बजारमा यतिबेला खाद्यान्न लगायत उपभोग्य बस्तुको कालोबजारी दैनिक बढेको देखिएको छ । यसले आम उपभोक्ता मर्कामा पर्नुका साथै चरम ठगिदै समेत आएका छन ।

तर, बजार अनुगमनको ठेक्का लिएका अनुगमनकर्ता र नेपालगन्ज उपमहानगरपालिका भने चुपचाप देखिएको छ । अनुगमनकर्ता यसरी कालोबजारी गर्ने व्यवसायी र व्यक्तिको मिलेमतोमा छन । उपमहानगरपालिका भने अनुगमनमा बजेट अभाव रहेको भन्दै जिम्मेवारीबाट पन्छिदै गएको देखिएको छ ।

निवर्तमान जनप्रतिनिधीले बेलाबखतमा बजार अनुगमन गर्ने गरेपनि प्रशान्त विष्टको कमाण्डमा आएका जनप्रतिनिधी र नेपालगन्ज उपमहानगरपालिकामा गठित बजार अनुगमन समितिले भने तीन महिनादेखि बजारको अबस्था बुझन समेत चासो देखाएको छैन ।

सरकारी उदासीनता बढेसँगै यहाँका व्यवसायीमा मनपरीतन्त्र पनि हावी भैरहेको देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको गेटै अघि राखिने तरकिारी तथा फलफुल पसलेले समेत महँगोमा बस्तु बिक्रि गरिरहेका छन । यहाँसम्म पनि उपमहानगरपालिकाको ध्यान जान सकेको देखिदैन ।

अहिले बजार अनुगमनका लागि नेपालगन्ज उपमहानगरपालिका समेत अर्कैको वा डोनरको भर परिरहेको देखिएको छ । तर, आफनो बजारको रेखदेख गर्ने र अनुगमन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको हो ।

बजार अनुगमनका लागि सहायक सिडिओको संयोजकत्वमा रहेको समिति मात्रै होइन अन्य ठेकेदार कम्पनीहरु समेत उदासीन छन । ठेैक्दार कमपनी र यस्तो कालोबजारी गर्ने व्यवसायीबिच गतिलो मिलेमतो हुने गरेकोले समयमै बजार अनुगमनमा ठेकेदार कम्पनीले अनुगमनको चासो नदेखाएको खुलेको छ ।

उपभोक्ता हकहित संरक्षण मन्चदेखि अन्य ठेकेदार कम्पनीहरु बजारको अबसथा देख्दा बुझदा पनि गैरजिम्मेवारी बन्नु लज्जित बिषय बनेको नागरिक बताउँछन ।

कँहीकतै सन्चारमाध्यममा समाचर आएपछि केही दिन तात्तिने र अनुगमनका नाममा एकदुईवटा पसल अमा पुग्ने अनि हाजिर गरेर भत्ता पचाउने काममा यस्ता सरकारी तथा गैरसरकारी अनुगमनका ठेकेदारहरु सक्रिय हुने गरेको देखिएको छ । यसले प्रभावकारी र कडाई अनुगमन हुन सकेको छैन ।

यसरीभत्तामा पल्किएका ठेकेदारहरले अनुगमनका बेला आफना पकेटका र आसेपासे पत्रकारलाई मात्रै खबर गर्ने तर, सत्य तथ्य र जे देख्यो त्यहि बोल्ने र लेख्न पत्रकारलाई थाहै नदिने गरेको समेत देखिएको छ ।

यसरी लगिने पकेटका पत्रकारले उनहिरुकै गुनगान गाउने उनीहरुकै पक्षमा लेखिदिने अनि अनुगमनका ठेकेदारहरुले काम देखाउने गरेको यसअघिका विविध घटनाले समेत देखाएको छ । तर, यस्तो नियतिले बजारको प्रभावकारी र निश्पक्ष अनुगमन हुन सकेको छैन । उपभोक्ता ठगिनबाट बन्चित भएको देखिदैन ।


सम्बन्धित समाचार