Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

राजश्व कार्यालय कोहलपुर : घुस्याह अड्डा

उदासीन सिडिओ अफिस, चुपचाप जनप्रतिनिधी, व्यवसायी लुटदै कर्मचारी,  रोकियो लिलाम, तस्करीको सामानमा कारवाही नगरी असुलीमा 

नेपालगन्ज : राजश्व अनुसन्धान कार्यालय, कोहलपुर यतिबेला घुस्याह अड्डाका रुपमा परिचित बनेको छ । यहाँका कर्मचारीले खुलेआम घुस माग्न थालेको देखिएको छ ।

घुसकै विवाद हुँदा लिलामीका काम समेत अवरुद्ध भैरहेको खुलेको छ । कार्यालयका सहायकदेखि अधिकारीसम्म घुसको चक्करमा लागेपछि लाखौंका मुल्यका लिालम गर्नुपर्ने सामान अलपत्र देखिएका छन ।

सहायक अधिकृत मानबहादुर विश्वकर्माले खुलेआम घुस माग्ने गरेको दृष्टि सापताहिकले उल्लेख गरी समाचार लेखेको छ । जफत गरिएका वस्तुको लिलामी सेटिङमा हुने र पैसा नदिए उनले प्रक्रिया नै रोक्ने गरेका छन् ।

यस्तै चलखेलका कारण कार्यालयमा रहेको ५०३ बोरा चामल, १८ बोरा चिनी र १२८ बोरा गरम मसला बिग्रिएको छ । यी सामान अमन ट्रेडर्स र एम जनरलले प्रक्रिया पुर्याएर लिलामीमा सकार्न लागेका थिए ।

तर, सहायक अधिकृत विश्वकर्माले दुई लाख रुपैयाँ मागेका थिए । पैसा नपाएपछि लिलामीको निर्णय नै हुन सकेन । जसकारण सामान बिग्रिएको छ । यसबाट राज्यलाई लाखौं नोक्सान भएको छ ।

उनले बाँकेका सफल अटो पार्टस्, अन्सारी अटो पार्ट्स, कालिका अटो पार्ट्स लगायत कम्पनीसँग मासिकरुपमै पैसा उठाउने गरेको स्रोत बताउँछ । ती कम्पनीमा भारतबाट तस्करी भएर आएका अटो पार्टस् बिक्री हुने थाहा पाएपछि यसरी कारबाही नगरी असुली हुने गरेको छ ।

बाँकेमा रहेको राजश्व कार्यालयले १६ वटा जिल्ला हेर्दछ । राजश्व छलीका घटनामा विस्तृत छानबिन भन्दा धेरै सेटिङ हुने गरेका कारण कर्मचारी मालामाल हुने गरेका छन् भने राज्य खोक्रो बनिरहेको छ । कार्यालय सहायक भनिएका विश्व्कर्मा र कार्यालयका सुचना अधिकारीसँग यस बषियमा बुझन खोज्दा सम्पर्क हुन सकेन ।

सहायक अधिकृत विश्वकर्माले आफु हाकिमको पैसा उठाउने खास मान्छे भएको र माओवादीमा पनि उच्च नेतासँग पहुँच भएको भन्दै कार्यालयमा असुली धन्दा बढाएको पनि कार्यालय स्रोतले जनाएको छ ।

यसरी खुलेआम घुस मागेको कुरा सार्वजनिक हुँदा समेत बाँके सिडिओ अफिस उदासीन छ । कोहलपुरका जनप्रतिनिधी चुपचाप देखिएका छन । तर, व्यवसायी मर्कामा परिरहेका छन । सामान कर्वाडी भैसकेको छ । यसले राज्यको राजश्व असुलीमा समेत गिरावट देखिएको छ । दृष्टिबाट


सम्बन्धित समाचार