Loading... आजः ७ चैत्र २०७९, मंगलवार ।। Tuesday 21st March 2023

होपमा २ करोडको फुटसल

नेपालगन्ज : बाँकेको नेपालगन्जमा सन्चालित होप इन्टरनेसनल एकेडेमी विद्यालयले होप फुटसल सञ्चालनमा ल्याएको छ । दुई करोड ५० लाखबढी लगानीमा होपले फुटसल सञ्चालनमा ल्याएको होपका संस्थापक निर्देशक सुरेशकुमार गौताम बताउँछन ।

फुटसलमा स्कुल समयबाहेकको समयमा सदस्यता लिने व्यवस्था मिलाइएको उनी बताउँछन । केही दिनअघि देखि सन्चालनमा आएको उक्त फुटसलमा खेल्नका लागि सबैलाई आग्रह पनि गरिएको छ ।

पछिल्लो समय मैदानमा जान छोडेर युवायुवती तथा खेलप्रेमीहरु फुटसलमा धाउन थालेका छन । बाँके थोरै मात्र फुटसल सन्चालनमा देखिएका छन । जहाँ विहान बेलुका खेलाडीको घुइृँचो नै लाग्ने गरेको देखिएको छ ।

फुटसलमा खेलाडी मात्रे नभई विद्यार्थी, सरकारी कर्मचारी संघसंस्थाका प्रतिनिधी, व्यवसायी, पत्रकार लगायतको पनि सहभागिता हुने गरेको देखिएको छ ।


सम्बन्धित समाचार