Loading... आजः ९ आश्विन २०७९, आईतवार ।। Sunday 25th September 2022

मेयरको अटो मोह : क्षतिण र सस्तो लोकप्रियतामा सिमित नहोस

मेयर साब, कहिले बन्छन आकाशे पुल र कहिले मुक्त हुन्छ नेपालगन्ज डुबानबाट ? केछ सार्वजनिक शौचालय र नगरबसको हालत ?

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको यतिबेला अटोमोह देखिएको छ । धरानका मेयर हर्क साम्पाङ्गले गिट्टी कुट्दै गर्दा काठमाडौका मेयर बालेन शाहले केही नयाँ गर्दा थालेका छन ।
मेयरमा निर्वाचित भएसँगै झाँडु बोकेर सडक बडार्न थालेका नेपालगन्जका मेयर प्रशान्त विष्टले महिनामा एक दिन अटो चढ्ने भन्दै यतिबेला सामाजिक सन्जालमा लोकप्रियता कमाइरहेका छन ।

हुनत कुनैबेला तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले पनि यस्तै चटक देखाएका थिए । तर, उनी छोटो समयमै असफल देखिएका छन । मेयर विष्टको अटोमोह सराहनिय छ तर, यसको दिगोपन कति होला ? यतिबेलाआम नागरिकलाई चासो बनेको छ । उपमहानगरको योजना, नीतिक बनाई त्यसको उचित कार्यान्वयन गर्ने जिम्मेवारी पाएका मेयरले अटोमोह देखाउनु, सरसफाईमा झाँडु समातेर सडक गल्ली चाहार्नु ठुलै कुरा होइन ।

तर, उनी आसेपासे मिडिया र केही चम्चाहरूले सामाजिक सन्जाल तताइरहेको देखिएको छ । यद्दपी यो अटोमोह क्षणिक र सस्तो लोकप्रियताका लागि नहोस आम नेपालगन्जबासीको सुझाव छ । उपमहानगरका मेयर सुविधा सम्पन्न गाडी चढ्नुपर्छ यसमा कसैले आलोचना र विरोध गर्दैन तर काम र सेवा जनपक्षिय गरिनुपर्छ तर मेयरले अटो चढ्दैमा, झाँडु लाउदैमा नेपालगन्जको समस्या समाधान हुदैन ।

नेपालगन्जमा भगवानले थोरै पिसाव फेरे भने डुबान हुन्छ, ढल निकास छैन उपमहानगरपालिकासँग रहेको पासाङल्यामु रोड आसपास अहिलेपनि पोखरी बनिरहेका छन । यसको निकास खोज्न मेयरको ध्यान जान सकेको देखिदैन । विमानस्थलबाट अटो चढेर विपीचोक आउँदैमा सामाजिक सन्जाल रङ्गिन पर्ने आबश्यक देखिदैन ।

नेपालगन्जमा यसअघि बनेका योजना आकाशेपुल, निर्माण, सार्वजनिक शौचालयदेखि उचित पार्किङस्थल निर्माण लगायतका योजना अहिलेपनि अलपत्र छन । यीनलाई अघि बढाउने तर्फ अहिलेका मेयर सहितका जनप्रतिनिधीको कहिले जान्छ ध्यान ?

न्यूरोड, सेतुविकचोक, पासाङल्यामुमार्ग आसपास सधै डुबानको जोखिममा देखिएका छन । कहिले हुन्छ यहाँको डुबान समस्या समाधान कहिले बन्छन निकास दिने ढल ? यसतर्फ ध्यान जाओस कि अटो मोहले सामाजिक सन्जालमा चर्चासँगै । इन्धन खर्चमा मितब्ययिता कायम गर्ने उद्देश्यले नगर प्रमुख विष्ट विद्युतीय अटो रिक्सा र पैदलै विभिन्न स्थानमा पुगेको भन्दै केही अनलाइन र आसेपासले खुबै चाकडी बजाएका छन ।

यसरी चाकडी बजाउने आसेपासेले नेपालगन्जको समग्र योजना, गतिलो नीति निर्माण र पुरा योजानको सम्पन्नता र नयाँ योजनाको क्रियाशिलतामा सक्रिय हुन मेयरलाई सुझाव किन दिदैनन ? हुनै नसक्ने र दीगोपना नै नआउने प्रचारमुखी काम गरेर मितव्ययीता अपनाउन खोज्नु क्षणिक लोकप्रियतामा मात्रै सिमित हुने देखिएको छ ।

नागरिकलाई सहज पहुँच दिने हो भने मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष भुईतलामा सारिनुपर्छ । तीन तलाको घरमा करोडौंको खर्च गरेर लिफ्ट जडान गर्नु यो कसतो खर्चको मितव्ययीता होला ?यतिबेला अटोमोहको चर्चासँगै नागरिकको प्रश्न पनि छ । तर, उपमहानगरका जनप्रतिनिधीले बार्षिक नीति तथा कार्यक्रममै महिनाको एक दिन इन्धन बचाउन सरकारी गाडी प्रयोग नगर्ने उल्लेख भएकोले मेयरलाई अटोप्रतिमोह जागेको बताउँदै आएका छन ।


सम्बन्धित समाचार