Loading... आजः २२ श्रावण २०७९, आईतवार ।। Sunday 7th August 2022

लागुऔषध विरूद्धको दिवस : बाँकेमा अबस्था भयावह, उदासीन बाँके पुलिस

‘भुसको आगो’झैं फैलँदै सीमा सहरमा लागु औषध प्रयोगकर्ता, ७० प्रतिशत अपराधमा दुव्यसनीको सहभागिता, प्रभावकारी छैनन पुर्नस्थापना केन्द्र

नेपालगन्ज : बाँकेमा लागुऔषधको समस्या भयावह देखिएको छ । यसको रोकथाम तथा नियन्त्रणमा बाँके पुलिस लगायतका सरोकारवाला निकाय उदासीन छन ।

बाँकेमा दव्र्यसनी भुसको आगो जस्तै फैलँदै गएका छन् । प्लस टु मा अध्ययन गर्ने विद्यार्थीदेखि बेरोजगार युवा दुव्र्यसनिमा फसेर जीवन बर्बाद गरिरहेका छन् ।

कानुनले लागुऔषध प्रयोग, ओसार–पसार तथा कारोबारलाई अपराध मानेको छ । तर, अहिलेसम्म प्रहरीले लागुऔषध ओसारपसार र कारोबार गर्नेलाई पक्राउ गरेपनि उचित कारवाही गर्न सकेको देखिदैन ।

अहिलेसम्म लागुऔषध प्रयोगकर्तालाई मात्र उपचार र सुधार केन्द्रमा ल्याउने गरिएको छ । पछिल्ला दिनमा पुलिसका हिरासतमा मात्रै नभई यहाँ रहेका २० वटा सुधार केन्द्रमा समेत यस्ता प्रयोगकर्ता भरिभराउ देखिएका छन ।

एक तथ्याकंअनुसार बाँकेमा पाँच हजारबढी प्रयोगकर्ता छन । कारोवारी पनि उत्तिकै मात्रा देखिएका छन । सुधार गृहको रेकर्ड हेर्दा २० वटा सुधार गृहमा करिब दुई हजार यस्ता व्यक्ति रहेको देखिन्छ ।

बाँकेमा हुने अपराधिक घटनामा संलग्न मध्ये करिब ७० प्रतिशत लागुऔषधका दुव्र्यसनी सहभागि देखिएका छन् । नेपाल–भारत खुल्ला सिमाका कारण लागुऔषध नियन्त्रण गर्न समस्या रहेको बाँके पुलिस बताउँदै आएको छ ।

नेपालगन्जमा दुव्र्यसनी बढेका मात्र छैनन्, लागु औषधको कारोबार र ओसारपसार पनि बढेको छ । नेपालगन्ज हुँदै अफिम र चरेश भारततर्फ जाने र भारतबाट ब्राउन सुगर नेपाल भित्रने गरेको छ ।

लागुऔषधको कुलतमा बालबालिका फस्दै जाने क्रम बढ्दै गएपछि यसको रोकथाम र सचेतनाका लागि बाँके स्थित लागुऔषध सम्बन्धी काम गर्ने केही सरकारी तथा गैरसरकारी निकायले यतिबेला साप्ताहिक अभियान नै चलाएको बाँकेका सहायक सिडिओ टोपबहादुर केसी बताउँछन । उनकाअनुसार यतिबेलाको रकेर्ड हेर्दा लागुऔषधका दुव्र्यसनीमध्ये १६ देखि ४० बर्ष उमेरका ९५ प्रतिशत छन् ।

लागुऔषध दुरूपयोग तथा ओसारपसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बाँकेमा सप्ताहव्यापी विविध कार्यक्रम गरिएका छन् ।जिल्ला प्रशासन कार्यालयको समन्वयमा लागुऔषधविरूद्ध काम गरिरहेका संघसंस्थाले जनचेतनामुलक विविध गतिविधी गरेका हुन् ।

असार ८ गतेदेखि कार्यक्रम गरिएका छन् । लागुऔषधविरूद्धका जिंगलमार्फत प्रचारप्रसार, चोक तथा सार्वजनिक स्थल र नाकामा सचेतनामुलक कार्यक्रमसँगै अन्तरक्रिया, रक्तदान गरिएको अभियानकर्ता रूपन ज्ञवाली बताउँछन । उनकानअुसार १२ गते विहान प्रभात फेरीसँगै समापन हुनेछ । अहिले बाँकेका पुर्नस्थापना केन्द्रमा तीन सय १२ जनाको उपचार भइरहेको छ । निःशुल्क परामर्श केन्द्रमा नौ जना सेवा लिएका छन् ।


सम्बन्धित समाचार