१० बर्षपछि फेरियो बाँकेमा भलिवल संघको नेतृत्व
नेपालगन्ज : बाँके जिल्ला भलिबल संघको नयाँ नेतृत्व १० बर्षपछि फेरिएको छ । यसअघि करिब एक दशक टिएस ठकुरीले नेतृत्व गरेको संघ अहिले चिरन्जिवी चन्दको पोल्टामा परेको छ । नेपालगन्जमा भएको अधिवेशनले चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा रिता कोइराला, महासचिवमा यमनारायण महतो, कोषाध्यक्षमा सुमनसिंह बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । सदस्यमा पूर्ण खत्री, चन्द्र राना, डिबी तामाङ, डिबी बस्नेत र मनिराम बटाला निर्वाचित भएका छन ।
नेपाल भलिबल संघका सचिव एवम् केन्द्रिय प्रतिनिधि भीम ओलीको बिशेष उपस्थिति तथा लुम्बिनी खेलकुद परिषदका सदस्य नरेन्द्र थापाको बिशेष आतिथ्यतामा भएको अधिवेशनले प्रदेश प्रतिनिधिमा कृष्णा पाठक र यमबहादुर महतारालाई चयन गरेको छ ।
अधिवेशन भेलामा पूर्व अन्तर्राष्ट्रिय रेफ्री अजितकुमार शर्मा, पुराना खेलाडी एवम् प्रशिक्षक लालबहादुर मल्ल, राजेश श्रीवास्तव र रोशन श्रेष्ठको उपस्थिति थियो । जिल्ला संघमा दुई जना उपाध्यक्ष रहने प्रावधान छ । नेपाल भलिबल संघको विधान बमोजिम अध्यक्ष चन्दले दोस्रो उपाध्यक्ष मनोनयन गर्नेछन् । बाँकी सदस्य कार्यसमितिले मनोनयन गर्नेछ । दुई जना सदस्य जिल्ला खेलकुद विकास समितिले पठाउनेछ ।