होटल म्यानेजमेन्टको दुनियाँमा ‘क्वालिफाईट’ युनिभर्सल
नेपालगन्ज : बाँकेका करिब एक दर्जन होटल म्यानेजमेन्ट कलेजमध्ये सुर्खेतरोडको धम्बोझीमा रहेको युनिभर्सल एकेडमी अफ हस्पिटालिटी म्यानेजमेन्ट गुणस्तरीय शिक्षाका लागि अग्रस्थानमा देखिएको छ ।
नेपालगन्जमा सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेसँगै ती होटललाई लक्षित गरी होटल म्यानेजमेन्ट तथा हस्पिटालिटिका कक्षा सञ्चालनमा आउन थालेका छन् ।युनिभर्सल एकेडमी अफ हस्पिटालिटी म्यानेजमेन्ट नेपालगन्जले सिटीईभिटी तथा अन्य निकायसँगको सम्बन्धनमा नेपालगन्जमा होटल म्यानेजमेन्टका कक्षाहरू सञ्चालन गर्दै आएको छ ।
बाँकेको नेपालगन्ज र कोहलपुरमा रहेका होटलमा आवश्यक जनशक्तिको अभाव खड्किएको कारण युनिभर्सलले रोजगार मुलक तालिमका कक्षा सञ्चालन गरेर यस्तो आबयकता पुरा गर्नमा सहयोग गरिरहेको युनिभर्सलका प्रमुख कृष्णा पाठक बताउँछिन ।
युनिभर्सलले ६ महिना नेपालगन्जमा नै कक्षा सञ्चालन गरेपछि बाँकी १२ महिना तलव पाउने गरी अन द जब ट्रेनिङ्गका कक्षा लिन विद्यार्थी चिनमा ईन्टनसिपको लागि पठाउने व्यवस्था गरेको छ ।
कलेजले एक व्याचको लागि ३० जना विद्यार्थी भर्ना लिने गरेको उनी बताउँछिन । कलेजकै सुविधा सम्पन्न भान्साको प्रयोग गर्दै कुकीङ्ग, होटल म्यानेजमेन्टका ४ वटा मेजर विषयसहित होटल मार्केटिङ्ग, टुरिज्म मार्के्टिटङ्ग, होटल एकाउन्टीङ्ग जस्ता विषय अडियो भिजुअलसंगै संैद्धान्तिक र प्रयोगात्मक कक्षाहरु सञ्चालन हुने गरेको उनको भनाई छ ।
कलेजले अडियो भिडियो कक्षा, बार, रेष्टुरेन्ट, बेकरी, हाउस किपिङ्ग, फण्ट अफिसर र रिसेप्सनिष्टको लागि समेत छुट्टाछुट्टै प्रयोगशाला समेतको व्यवस्था गरेको युनिभर्सलका प्रमुख पाठक बताउँछिन ।
कलेजले सिटिभिटि, विपिएक्सआई चाईना, सिएमसि सिंगापुर, पाटा नेपाल लगायतबाट सम्बन्धन र स्वीकृती लिएर कक्षा सञ्चालन गरेको कलेजका सिईओ मनोज कुँवर बताउँछन ।
अहिले पनि नेपालगन्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा लक्षित बर्गका १० जना महिलाको लागि १० दिने फास्ट फुड बनाउने तालिम भैरहेको छ । जसमा यूनिभर्सलका अनुभवि प्रशिक्षकद्वारा उपलब्ध गराईएको कुँवर बताउँछन ।