Loading... आजः १२ असार २०७९, आईतवार ।। Sunday 26th June 2022

नेपालगन्जको ११औं नगरसभा : एक अर्ब ६३ करोड ६५ लाख बजेट

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको ११औं नगर सभाले आर्थिक बर्ष २०७९÷ ०८० को लागि एक अर्ब ६३ करोड ६५ लाख ७२ हजार चार सय रूपैयाँ अनुमानित बजेट विनियोजन गरेको छ । उपमहानगरले १३ वटा विविध शिर्षकमा खर्च हुने गरी उक्त बजेट विनियोजन गरेको हो ।

उपमहानगरपालिकाको बजेटको ठुलो भार संघ, प्रदेशबाट प्राप्त सर्शत अनुदान, समपुरक अनुदान, बिशेष अनुदान, वित्तिय समानिरण र राजश्व बाँडफाँडको  बजेट रहेको देखिएको छ । जसमा घरजग्गा रजिस्ट्रेशन शुल्क, र आन्तरिक आयलार्ई पनि समेटिएको छ ।

नगर सभामा मेयर प्रशान्त विष्टले नगरको नीति तथा कार्यक्रम प्रस्तुका छन । अहिलेको नीति तथा कार्यक्रमा पुरानै क्रियाकलापलाई धेरै समेटिएको छ भने केही नयाँ योजना पनि तय गरिएको देखिएको छ ।

नगर सभामा उपमेयर कमरूद्धिन राईले उपमहानगरपालिकाको आवको बजेट सिलिभङ्ग सार्वजनिक गरेका थिए । सभामा नगरका समाजसेवी, बुद्धिजीवी नागरिक अगुवा तथा पुर्वजनप्रतिनिधीको सहभागिता देखिएन ।

२३ वटा वडापालिकाका वडाजनप्रतिनीधी सहभागि भएपनि समग्र नगरको नीति तथा कार्यmत्रम र बजेट पारित गर्दा बाँकेका एमाले, राप्रपा लगायतका राजनीतिक दलका दलिय नेताहरूको पनि सहभागिता देखिएन ।