ओलम्पिक डे २०२२ : नेपालगन्जमा अग्रज खेलाडीको सम्मान
नेपालगन्ज : बाँकेका बरिष्ठ खेलाडीहरूले समग्र खेलकुदको विकासका लागि दीर्घकालिन गुरूयोजना बनाएर त्यहि अनुसारको बजेट विनियोजन गरी अघि बढ्नुपर्ने सुझाव दिएका छन ।
ओलम्पिक डे २०२२ का अवसरमा नेपालगन्जमा आयोजित कार्यक्रममा सहभागी बाँकेका राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा सहभागी भई बाँके र नेपालकै पहिचान दरिलो बनाउन सफल अग्रज खेलाडीहरूले ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषदलाई यस्तो सुझाव दिएका हुन ।
स्र्पोट फर अल लुम्बिनी प्रदेशद्धारा आयोजित कार्यक्रमा सहभागी पुारना खेलाडी अजितकुमार शर्मा बाँके खेलकुदका लागि उर्वर भूमि भएको यहाँका समग्र खेलेको विकासमा सरकार नै लागि पर्नुपर्ने बताउँछन ।
बाँकेबाट दुई दर्जनबढी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन भएको तर राज्यको ध्यान जान नसक्दा बजेटको सिमितताले अहिले बाँके ओझेलमा परेको देखिएको उनी बताउँछन ।
कार्यक्रमा शर्मासँगै ओलम्पीक कमिटीका कोषाध्यक्ष रतन टण्डन पुराना अग्रज खेलाडी फजिल अब्वास रिचवी, शान्ति सिंह, राकेशकुमार श्रीवास्तव, विश्वनाथ चौबे, सचितानन्द चौबे, गोबर्धन सिंह, गोविन्द श्रेष्ठ, आशोकजंग थापा, बिष्णुमान श्रेष्ठलाई सममान गरिएको भलिवल संघ बाँकेका अध्यक्ष टिएस ठुकरी बताउँछन ।
अग्रज खेलाडीलार्ई ओलम्पिक कमिटी कोषाध्यक्ष टण्डन, खेलकुद परिषद सदस्य सुमित्रा चौधरी, नेपाली सेनाका कर्नेल, नेपालगन्जका उद्योगी संजय थापा लगायतले दोसल्ला ओढाई प्रमाणपत्रसहित सम्मान गरेका थिए ।
कार्यक्रमा नेपालगन्जका उद्योगी संजय थापा, राष्ट्रिय खेलुकद परिषद्का निर्वमान प्रदेश सदस्य सचिव भिम ओली, खेलप्रेमी, खेलाडी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्लामा खेलकुदको क्षेत्रमा योगदान पु¥याए वापत तेक्वान्डो, कराते, साईकिल क्लब, पौडी संघ लगायत नेपाली सेनालाई समेत उपहार प्रदान गरिएको टिएस ठकुरी बताउँछन ।