Loading... आजः १२ असार २०७९, आईतवार ।। Sunday 26th June 2022

एमाले बाँकेको पत्रकार सम्मेलन : अझै लुकाईओ आर्थिक हरहिसाब

किन सार्वजनिक गर्दैन एमालेले आर्थिक आयव्यय ? लाखौं घोटालाको पराकाष्टा

नेपालगन्ज : एमाले बाँकेले यसअघि भएको जिल्ला कमिटी बैठकको निर्णय सार्वजनिक गरेको छ । नेपालगन्जमा पत्रकार सममलेन मार्फत उसले उक्त बैठकका निर्णय सार्वजनिक गरेको हो । तर, उक्त सम्मेलनमा पत्रकारले अपेक्षा गरेको एमाले बाँकेको अहिलेसम्मको आम्दानी र खर्चका बारे आर्थिक हरहिसाब भने सार्वजनिक गरिएको छैन ।

एमाले बाँकेले मेचीकाली अभियानदेखि अहिलेसम्म भएका स्थानीय, प्रदेश ताथ संघीय चुनाउमा उठाएको लाखौंको रकम, एमालेका संगठित सदस्यको लेवी, विभिन्न भातृ संगठनले बेलाबखत र नियमित पाटीलाई बुझाउँदै आएको शुल्क, विभिन्न निकाय, उद्योग कलकारखानाबाट मागेको रकमको अहिलेपनि खर्च रआम्दानीका बारे पारदर्शी सार्वजनिक गरिएको छैन ।

गएको स्थानीय तहको चुनाउमा समेत लाखौं रकम उठाइएको छ । तर, उक्त रकम कहाँ, कसरी र किन कति खर्च भयो भन्ने विवरण एमालेको आर्थिक विभागले समेत सार्वजनिक गर्न सकेको छैन । आइतबारको पत्रकार सम्मेलमा सहभागि पत्रकारले उक्त रकमका बारे यथार्थ विवरण आउने अपेक्षा गरेका थिए ।

तर, पाटी अध्यक्ष किस्मत कक्षपतिले पाटीको यसअघिको बैठकका निर्णय र योजना तथा मागहरू मात्रै सार्वजनिक गरेका छन । उनले एमालेको आर्थिक पारदर्शीताका बारे कुनैपनि कुरा उक्त सम्मेलनमा उठाएनन ।

जहाँ आर्थिक विभाग संयोजक समेत रहेको अशोक कर्माचार्य नै देखिएनन । यसले पनि एमाले बाँकेमा लाखोै रकम घोटाला भएको र पाटी अपारदर्शी भएको पत्रकारहरूले बताएका छन ।

बाँकेका एमाले पाटी उसका भ्रातृ संस्था र प्रतिष्ठानका नाममा अथाह सम्पत्ति छ । तर, त्यसको हिसाब अपारदर्शी देखिएको छ । एमालेले विगत लामो समयदेखि सार्वजनिक अडिट गरेको देखिदैन । लेखा परीक्षणमा थोरै मात्रै सम्पत्ति देखाउने गरेका देखिएको छ ।

हरेक संस्थाको आर्थिक पारदर्शीता अनिवार्य हुन्छ । यो सुशासनको पहिलो कर्म पनि हो । तर, बाँके एमालेमा यसको पालना गर्न सकेका छैनन । एमाले बाँकेमा विगतमा सन्चालन गरिएको मेचीकाली अभियानको रकमको समेत अहिलेसम्म लेखाजोखा छैन ।

किन एमाले बाँके र उसका आर्थिक विभाग संयोजक हरहिरासब अहिलेपनि सार्वजनिक गर्न उनी उदासीन देखिएका छन ? यतिबेला आम एमाले नेता कार्यकर्ता र नागरिकको प्रश्न रहेको छ ।आर्थिक पारदर्शीता र हरहिसाब खोजीका एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपति सहितका पदाधिकारी तथा जिल्ला कमिटी सदस्य समेत चुपचाप देखिएका छन ।

शक्तिको आडमा आर्थिक विभाग संयोजकले जिल्ला कमिटी हररिहसाब पारदर्शी सार्वजनिक गर्न चासो नदेखाएको एक जिल्ला कमिटी सदस्य बताउँछन ।आर्थिक विभागले यस बिषयलाई सुनेको नसुने झै गरी वेवास्ता गरेको देखिएको छ । बाँकेमा एमालेमा आम्दानीको स्रोत पनि पारदर्शी छैन ।

लामो समयदेखि पार्टीको आर्थिक लेखाजाखा नभएको दल अपारदर्शी भएको र व्यक्तिको सधै हालिमुहाली देखिएकोले यसअघि आर्थिक विभाग प्रमुख बदल्नुपर्ने आवाज समेत उठेको थियो । तर, अहिलेका अध्यक्ष किस्मत कक्षपतिको बलजोडका कारण फेरीपनि कर्माचार्य नै आर्थिक विभागमा रहेको एमाले स्रोत बताउँछ ।