Loading... आजः १२ असार २०७९, आईतवार ।। Sunday 26th June 2022

अपारदर्शी बाँके एमाले : लाखौं घोटाला, छैन आर्थिक लेखाजोखा

जिल्ला कमिटी सदस्यद्धारा आर्थिक पारदर्शीताको माग, अध्यक्षको आडमा आर्थिक विभागको हालिमुहाली, पदाधिकारी समेत निरिह

नेपालगन्ज : बाँकेमा नेकपा एमालेको जिल्ला कमिटी बैठक बिहीवारदेखि गोप्य रूपमा चलेको छ । बैठकमा पदाधिकारी सहित जिल्ला कमिटी सदस्य र गाउँपालिकाका पाटी अध्यक्षको सहभागिता रहेको देखिएको छ । यसअघि दुई दिन प्रदेश तथा केन्द्रीय कमिटकिा सदस्य सहिमतको पदाधिकारी बैठक भएको छ ।

बाँकेका एमाले पाटी उसका भ्रातृ संस्था र प्रतिष्ठानका नाममा अथाह सम्पत्ति छ । तर, त्यसको हिसाब अपारदर्शी देखिएको छ । एमालेले विगत लामो समयदेखि सार्वजनिक अडिट गरेको देखिदैन । लेखा परीक्षणमा थोरै मात्रै सम्पत्ति देखाउने गरेका देखिएको छ ।

हरेक संस्थाको आर्थिक पारदर्शीता अनिवार्य हुन्छ । यो सुशासनको पहिलो कर्म पनि हो । तर, बाँके एमालेमा यसको पालना गर्न सकेका छैनन । एमाले बाँकेमा विगतमा सन्चालन गरिएको मेचीकाली अभियानको रकमको समेत अहिलेसम्म लेखाजोखा छैन ।

यसपछि उका विगतका स्थानीय, प्रदेश र संघीय चुनाउमा उठेको रकमको ठेगान छैन । अहिलेको स्थानीय चुनाउमा शिक्षक, संगठिकत सदस्य शुभचिन्तक लगायतबाट असुली गरिएको रकमका बारे समेत एमाले बाँकेको आर्थिक विभागले पारदर्शी लेखाजोखा गरी विवरण सार्वजनिक गरेको देखिदैन ।

यसरी पटक पटक विविध कार्यक्रम र अभियान तथा चुनाउका निहुँमा कार्यकर्तादेखि शुभचिन्तकसँग असुली गरिएको रकम कति छ ? कहाँ छ ? कति, कहाँ कसरी खर्च भयो ? भन्ने बारे आर्थिक विभागका संयोजक अशोक कर्माचार्यले जिल्ला कमिटी बैठकमा समेत सार्वजनिक नगरेको सदस्यहरू बताउँछन ।

एमाले बाँके मात्रै नभई आर्थिक विभाग संयोजक कर्माचार्य नै अपारदर्शी ठहरिएका छन । उनले हरेक अभियान र कार्यक्रमको खर्च तथा आम्दानी विवरण तत्काल सार्वजनिक गर्न पर्ने हो तर, गत चुनाउदेखिको हरहिरासब अहिलेपनि सार्वजनिक गर्न उनी उदासीन देखिएका छन ।

आथिृक पारदर्शीता र हरहिरासब खोजीका एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपति सहितका पदाधिकारी तथा जिल्ला कमिटी सदस्य समेत चुपचाप देखिएका छन ।

अध्यक्ष किस्मतका जेठान नातापर्ने कर्माचार्य शक्तिको आडमा आर्थिक विभाग सम्हाल्दै आएका छन । तर, यहि शक्तिको आडमा उनले जिल्ला कमिटी बैठकमा समेत हररिहसाब पारदर्शी सार्वजनिक गर्न चासो नदेखाएको एक जिल्ला कमिटी सदस्य बताउँछन ।

जिल्ला कमिटी बैठक चल्नु अघि नै बैजानाथका पालिका अध्यक्ष इन्दबहादुर थापाले आर्थिक हरहिसाब पारदर्शी सार्वजनिक गर्नुपर्ने, विधान विपरित राखिएका जिल्ला कमिटी सदस्य हटाइनुपर्ने आवाज उठाएका छन । उनीसँगै जिल्ला कमिटीका सतप्रतिशत सदस्य र कार्यकर्ताको पहिलो माग भनेकै अहिलेसम्मको हरहिसाब पारदर्शी सार्वजनिक गर्नु रहेको छ ।

तर, आर्थिक विभागले यस बिषयलाई सुनेको नसुने झै गरी वेवास्ता गरेको देखिएको छ । यसले पनि एमाले बाँकेमा लाखौ रकम घोटाला भएको अनुमान गर्न सकिने एमाले नेता कार्यकर्ता बताउँछन । बाँकेमा एमालेमा आम्दानीको स्रोत पनि पारदर्शी छैन ।

अहिले पनि जागिरेशैलीमा आर्थिक विभागको बागडोर कर्माचार्यले नै सम्हालेका छन । तर, यहि स्थानीय तहमा कति रकम संकलन भयो ? कति कहाँ, कसरी, कसलाई केका लागि खर्च गरियो यसको समेत लेखाजोखा भएको देखिदैन ।

यसरी लामो समयदेखि पार्टीको आर्थिक लेखाजाखा नभएको दल अपारदर्शी भएको र व्यक्तिको सधै हालिमुहाली देखिएकोले यसअघि आर्थिक विभाग प्रमुख बदल्नुपर्ने आवाज समेत उठेको थियो । तर, अहिलेका अध्यक्ष किस्मत कक्षपतिको बलजोडका कारण फेरीपनि कर्माचार्य नै आर्थिक विभागमा रहेको एमाले स्रोत बताउँछ ।