सिक्टाका दुबै नहरमा तत्कालै पानी सन्चालन गरिओस : बाँके एमाले उपाध्यक्ष विसी
नेपालगन्ज : बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजना अहिले पनि अधुरै देखिएको छ ।इन्जिनियरदेखि प्राविधिक कर्मचारीको अभावका कारण नहर निर्माणको काम अधुरै रहेको देखिएको छ । सिक्टा सिचाई आयोजनाको काम पुरा नहुँदा बाँके बर्दियामा सिचाई अभाव बढ्दै गएको छ ।
राष्ट्रिय गौरवको सूचीमा परेको सो आयोजनाको अनुगमनमा मन्त्रीदेखि विभागीय प्रमुखसम्म पटक पटक आएपनि यतिबेलासम्म समयमा यसको काम हुन सकेको छैन ।
नागरिकले सिचाई अभावमा सास्ती पाएका छन । लामो समयदेखि अधुरै रहेको उक्त योजनालाई तत्काल पुरा गर्न एमाले बाँकेका उपाध्यक्ष डिल्ली विसीले अपिल गरेका छन । उपाध्यक्ष विसीले सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै सिचाई आयोजना त्तकाल पुरा गरी बाँके, बर्दिया बासीलाई सिचाई सुविधा पु¥याउन आग्रह गरेका छन ।
यस बर्ष पनि अहिलेसम्म बर्षा नभएको कारण अध्यधिक गर्मी बढेको र किसानले धानको विउ राख्न नपाएका उल्लेख गर्दै उनले सामािजक सन्जालमा लेखेका छन ‘यस्तो अवस्थामा सिक्टा सिंचाइका दुबै तर्फका नहरमा तत्कालै पानी संचालनमा ल्याइयोस् ।’ उनका अनुसार जसबाट किसानले विउ राख्न सुविधा हुनेछ भने पशु चौपायालाई समेत पानी पीउनका लागि सहज हुनेछ ।
उनले थप लेखेका छन ‘परियोजना र गाउँपालिकाहरूले नहरमा पानी बग्नका लागि भएका अवरोध तत्काल निकास पनि गरियोस् ।’ जीवहित र किसानहितको कार्य तत्काल नहरमा पानी दिइयोस् उनले चेतावनीशैलीमा भनेका छन ‘अन्यथा नागरिकको दवाव सिर्जना गर्नुनपरोस् ।’
२०७७ सालमा पूरा गर्ने लक्ष्यसहित २०६२÷०६३ मा शुरू भएको आयोजनाको काम बल्लतल्ल ६८ प्रतिशत पूरा भएको छ ।
आयोजना शुरू हुँदा यसको लागत १२ अर्ब ७० करोडको अनुमान गरिएको थियो तर ६८ प्रतिशत काम पूरा हुँदा नै १६ अर्ब ६१ करोड खर्च भइसकेको छ ।
आयोजनाले बाँकेको ४३ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएकोमा हालसम्म १६ हजार हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा पुर्याएको छ । अझै २७ हेक्टर जमिन सिचाईबाट बन्चित देखिएको छ ।