Loading... आजः २२ श्रावण २०७९, आईतवार ।। Sunday 7th August 2022

सिडिओ अफिसमै ब्रम्हलुट

एकै निवेदनमा तीनसयदेखि दुई हजारसम्म असुली, उदासीन सिडिओ अफिस, मर्कामा सेवाग्राही

नेपालगन्ज : बाँकेको जिल्ला प्रशासन कार्यालयमै नागरिकमाथि लुटतन्त्र मच्चिदै आएको देखिएको छ । तर यसको रोकथाम सिडिओ अफिसले गर्न चासो देखाएको छैन ।

कार्यालय परिसरमा बसेका लेखनदासहरूले निवेदन लेखिदिने र नागरिकता लगायतका विविध बिषयका फारम भरिदिने निहुँमा आमनागरिकबाट मोटो रकम असुल्दै आएको देखिएको छ ।

पारदर्शी र सुशासनको निगरानीकर्ता पहिलो अड्डामै यसरी खुलेकाआम नागरिक लुटिदै गर्दा बाँकेका सिडिओ लगायत प्रशासन कर्मचारी उदासिन देखिएका छन ।

लेखनदासले व्यक्ति हरेर रकम असुल्ने गरेको खुलेको छ । सिफारिस तथा निवेदनमा समेत उनीहरूले तीनसयदेखि दुई हजारसम्म रकम लिने गरेको देखिएको छ ।

तर, बाँके प्रशासनले नागरिकको सहजताका लागि भनेर एउटा व्यक्तिबाट तीन सयसम्म लिन सक्ने नीति बनाएको छ । उक्त नीति विपरित गरेर लेखनदासहरूले दुई हजारसम्म असुल्ने गरेका छन ।

यति मोटो रकम असुलेपनि उनीहरूले सहज रूपमा समयमै काम भने गरिदैनन एक सेवाग्राहीले भने ‘एउटा निवेदनका लागि पाँच सय दिए तर दुई दिन भो काम भएको छैन ।’

यसले गर्दा सेवाग्राहीलाई एकदमै मर्का परेको छ । मालपोत र नापी तथा यातायातको झझल्को यतिबेला बाँके सिडिओ अफिसमा पनि देखिन थालेको छ । जसरी यी कार्यालयमा सेवाग्राहीबाट असुली हुन्छ उसै गरी सिडिओ अफिसमा पनि तोकिएको भन्दा धेरै रकम मनोमानी असुलेर सेवाग्राहीलाई लुटिदै आएको उनी बताउँछन ।

कतिपय सेवाग्राही बाँके प्रशासनका अधिककारीलाई जानकारी गराएका छन । तर, प्रशासनका अधिकारीले यस्तो कामको रोकथामका लागि चासो देखाएका छैनन एक सेवाग्राहीले भने ‘यहाँ लेखनदासदेखि कर्मचारीको समेत मिलेमतो भएको छ ।’

तर, सिडिओ अफिसका एक अधिकारीले नाम नछाप्ने सकर्तमा तोकिएको भन्दा धेरै रकम लिएका एक दुई वटा गुनासो आएको स्वीकार्दै केही गुनासा पछि सम्बन्धीत व्यक्तिलाई बोलाएर आइन्दा यस्तो नगर्न चेतावनी दिइसकेको बताएका छन ।

सिडिओ अफिसका अधिकारीले यसरी चेतावनी दिएपनि सेवाग्राहीबाट मोटो रकम असुल्ने काम अहिले पनि रोकिएको देखिदैन । उद्दपी नागरिक हरेक दिन मोटो करम तिर्न बाध्य भएको बताउँछन ।


सम्बन्धित समाचार