Loading... आजः २२ श्रावण २०७९, आईतवार ।। Sunday 7th August 2022

जिम्मेवारी बहन गदैनन् नेपालगन्जका नगर पुलिस : उदासीन जनप्रतिनिधी

गेटमा सलोट ठोक्नमै व्यस्त, राजनीतिक दाउपेचको भर्ति अस्तव्यस्त उपमहानगरपालिका

नेपालगन्ज : बाँकेको नेपालगन्ज नेपालगन्जकामा सरकारी तलब खाएर बसेका नगर पुलिसले आफनो दैनिक जिम्मेवारी प्रभावकारी बहन गर्न नसकेको देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर उपमेयर लगायतका जनप्रतिनिधीको उदासीनताका कारण नगर पुलिसले आफनो जिम्मेवारी बहनमा लापरवाही गरेको देखिएको हो ।

नगर पुलिसको काम भनेको नगर क्षेत्रभित्र हुने गरेका अबैद्य गतिविधीको निगरानी गर्ने, सडकपेटीमा यत्रतत्र राखिएका सामाग्री हटाउने, सडक र पैदल यात्री हिडने फुटपात कब्जा गरेर गरिने व्यापारको रोकथाम गर्ने लगायतका जिम्मेवारी हुन ।

तर, उपमहानगरका पुलिसले यी कुनैपनि जिम्मेवारी दैनिक प्रभावकारी पालना गरेको देखिदैन । उनीहरू नगरपालिकाको गेटमा बसेर सलोट ठोक्ने र गेटै अघि गरिएका मापदण्ड तथा नीति विपरितका तरकारी पसलेबाट रकम असुली गर्नेमा मात्रै सक्रिय देखिएका छन । राजनीतिक दाउपेच र पहुँचको भरमा भर्ति भएका नगर पुलिसले दलिय बाहेकका अन्य जनप्रतिनिधीलाई टर्र्न समेत छोडेका छन ।

नगर पुलिसले चासो नदेखाउँदा सडक कब्जा गरेर व्यवसाय चल्न थालेपछि यहाँको फराकिलो सडक समेत खुम्चिदै गएको देखिएको छ । यसले सवारी जाम हुनुका साथै दुर्घटनाको भणवह अवस्था निम्त्याउन सक्ने देखिएको छ ।

तर, मनपरी रूपमा गर्न थालिएको सडक व्यापार व्यवस्थापनमा नेपालगन्ज उपमहानगरका जनप्रतिनिधी तथा मेयर उपमेयर समेत उदासीन देखिएका छन । अन्यत्रको त कुरै छोडौं हरेक दिन बेलुका नगरपालिकाको गेटै अगाडी जथाभावी तरकारीदेखि फलफुलको बजार देखिने गरेको छ ।

नागरिक हिडनका लागि बनाइएको फुटपातमा मात्रै होइन सुर्खेतरोडको आधा भाग यस्ता व्यापारीले ओटेका हुन्छन । यसले सवारी चालकलाई मात्रै नभई पैदल यात्रीलाई समेत आवतजावतमा समस्या हुने गरेको  छ ।

एक तरकारी व्यवसायीले भने ‘नगर पुलिसलाई प्रतिदिन रकम बुझाउने गरेका छौं किन हामी यहाँबाट हटनु ।’ उनीहरूका अनुसार नगर पुलिस र केही जनप्रतिनिधीको असुली धन्दामा सडक कब्जा गरेर राखिने पसललाई सहज भएको छ ।

सुर्खेतरोडको वीपिचोक मात्रै नभई त्रिभुवनचोकको, सदरलाइन, गणेशमान चोक, परस्पुर रोड लगायतका सडकमा पनि दैनिक सडक कब्जा गरेरै मनोमानी व्यापार चल्ने गरेको छ । यसले सडकमा चल्ने सवारी साधान दुर्घटना बढाएको स्थानीय बताउँछन ।


सम्बन्धित समाचार